Latest Updates :

दोस्रो चरणको स्थानीय तह निर्वाचन सकिएपछिमात्र पूर्ण बजेट ल्याऊ : अर्थविद्

SHARE THIS POST :
काठमाडौं, जेठ ५ । अर्थविद्हरुले दोस्रो चरणको स्थानीय तह निर्वाचन सकिएपछिमात्र पूर्ण बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।


शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा उनीहरुले सविधानले दिएको अधिकारअनुसार स्थानीय तहहरुमा कति रकम विनियोजन गर्ने भन्ने प्रस्ट नभएको भन्दै निर्वाचनपछिमात्र पूर्ण बजेट ल्याउन सुझाव दिएका हुन् ।

जेठ १५ गते आंशिक बजेट ल्याएर काम अघि बढाउनुपर्ने र आगामी जेठ ३१ गतेको स्थानीय तह निर्वाचनपछि पूर्ण बजेट लयाउनुपर्ने उनीहरुको सुझाव छ ।

कार्यक्रममा अर्थविद् डा. शंकर शर्माले आर्थिक वृद्धिलाई निरन्तरता दिनसक्ने गरी स्थानीय तहको निर्वाचनपछिमात्र बजेट ल्याउनु उचित हुने बताए ।

यस्तै, अर्थविद् डा. डिल्लीराज खनालले स्थानीय तहको विकासको खाका कोर्नसक्ने गरी जेठ ३१ पछिमात्र पूर्ण बजेट ल्याउनुपर्ने बताए ।

अर्का अर्थविद् डा. दीपेन्द्रबहादुर क्षत्रीले सरकार परिवर्तन हुने अवस्थामा पूर्ण बजेट ल्याउन नहुने बताए ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger