Latest Updates :

आफु अपहरणमा परेको नाटक गर्ने पक्राउ : प्रहरी भन्छ,‘मान्छे एकदम ठग रहेछ’

SHARE THIS POST :

झापाको बिर्तामोडबाट सम्पर्कविहीन भएको २४ घण्टापछि सुनसरीको इटहरीबाट उद्धार गरिएका अर्जुनधारा–५ का ३८ वर्षीय इन्सल खनाललाई प्रहरीले पक्राउ गरेको छ । अपहरणमा परेको नाटक गरेको भन्दै प्रहरीले उनलाई उद्धार गरेको भोलिपल्टै पक्राउ गरेको हो ।

रहस्यमय ढङ्गले बिर्तामोडबाट वेपत्ता भएका खनाललाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले उद्धार गरेको थियो । अपहरणमा परेको नभई खनालले नाटक मात्र गरेको प्रमाणित भएपछि प्रहरीले उनलाई उद्धार गरेको भोलिपल्टै घरैबाट नियन्त्रणमा लिएको हो । खनाल बिर्तामोडस्थित प्रभु बैङ्क जान भनी घरबाट हिँडेपछि एकाएक वेपत्ता बनेका थिए ।

वेपत्ता भएपछि खनालको मोबाइलमा फोन लागेको थिएन । खनालले बिर्तामोडबाट माईधार पुगेपछि प्लास्टिकमा बेरेर आफ्नो मोबाइल फ्यालेको प्रहरीले बताएको छ । त्यसलगत्तै उनी बिर्तामोडतिरै फर्किएर भारतको सिलिगुढी पुगेर बास बसेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी केशवकुमार थेवेले बताए । त्यसको भोलिपल्ट उनी फेरि नेपाल प्रवेश गरी काँकडभिट्टा, बिर्तामोड, दमक, इटहरी हुँदै धरानसम्म पुगेको प्रहरीले बताएको छ ।

‘मान्छे एकदम ठग रहेछ’

खनालले आफू अपहरणमा परेको प्रहरीसमक्ष बताएका थिए । उनले आफूलाई दुई जना व्यक्तिले बिर्तामोडबाट सेतो रङको बोलेरोमा चढाएर धरानसम्म लगेर छोडिदिएको प्रहरीलाई बताएका थिए । ‘तर, त्यो सबै गलत रहेछ,’ बिर्तामोडका डिएसपी थेबेले भने, ‘उसले तीन लाख रुपैयाँ लुटिएको बताएको थिए, तर त्यो पैसा पनि घरमै राखेको रहेछ, मान्छे एकदम ठग रहेछ ।’

खनालले माइधारमा फ्याँकेको मोबाइल र झोलासमेत प्रहरीले भेट्टाइसकेको छ । आर्थिक व्यवहारले थिचेकाले त्यसबाट मुक्त हुन खनालले यस्तो नाटक रचेको प्रहरीको दाबी छ । ‘प्रहरीले पनि अपहरणमा नै परेको होला भनेर धेरै मेहनत गरेर खोजविन ग¥यौँ, ठूलो दुःख पायौँ,’ डिएसपी थेबेले भने, ‘शान्ति सुरक्षामा खलल पुग्ने गरी यस्तो नौटङ्की गर्ने पनि मान्छे हुँदा रहेछन् ।’ खनाललाई शुक्रबार नै म्याद थप गरी सार्वजनिक अपराधमा मुद्दा चलाइएको डिएसपी थेबेले जानकारी दिए । २४ घण्टासम्म हराएका खनालले इटहरीको एक पिसिओबाट आफ्ना दाइलाई फोन गरेपछि प्रहरीले उद्धार गरेर घर परिवारको जिम्मा लगाएको थियो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger