कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकाको माल्कोटमा प्रहरीसँग भएको झडप भएका एक स्थानीयको मृत्यु भएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले नन्दादेवी माविको थान मतपेटिका जलाउने क्रममा भएको झडपमा घाइते भएका धनरु बटालाको मृत्यु भएको हो ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीकाअनुसार निर्वाचन सम्पन्न भएपछि मतपेटिका सिल गरी गणनास्थलतर्फ लैजाने क्रममा ठूलो समूहमा आएका आएका नेकपाका कार्यकर्ताले जनमतसहितको मतपेटिका जलाएका थिए ।
नरहरिनाथ गाउँपालिकाको नन्दादेवी मावि मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भई गणनास्थलतर्फ लैजाने क्रम नेकपा कार्यकर्ताले मतपेटिका खोसेर मतपत्र जलाएका थिए ।
२०७४ जेठ ०१ गते ०८:०२ मा प्रकाशित
Post a Comment