Latest Updates :

सिरहाको मिर्चैयामा बस दुर्घटना: एकको मृत्यु, दुई दर्जन यात्रु घाइते

SHARE THIS POST :
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–१ स्थित महादेवा चोकमा आज बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै दुई दर्जन यात्रु घाइते भएका छन् ।

विराटनगरबाट काठमाडौँ जाँदै गरेको ना४ख ८०६२ नंको बसलाई कटारीबाट नारायणघाट जाँदै गरेको ना१ख ५०६७ नंको बसले उछिन्ने क्रममा ठक्कर दिँदा ना१ख ५०६७ नंको बसका सहयोगी कटारी नगरपालिका–३ निवासी ३७ वर्षीय निलकमल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि विराटनगर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको मिर्चैया इलाका प्रहरी कार्यालयले जनाएको छ । सो सो बसमा सवार सिन्धुली दुधौली नगरपालिका–७ निवासी चन्द्रबहादुर बुढाथोकी र उदयपुरको कटारी नगरपालिका–४ निवासी मिलन थापालगायत दुई दर्जन घाइतेको मिर्चैयास्थित मङ्गलम रेखा नर्सिङ होममा उपचार भइरहेकोे छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger