Latest Updates :

निर्वाचन खर्च जुटाउने समस्याले गर्दा उम्मेदवारद्धारा आत्महत्या

SHARE THIS POST :
धादिङः दिउसो मनोनयन दर्ता गराएर घर फर्किएका एमालेकी एक उम्मेदवारले चुनाव खर्च जुटाउन समस्या हुने भएपछि राति नै आत्महत्या गरेकी छन् । दलित आरक्षित कोटाबाट धुनीबेंसी वडा नं ३ को महिला सदस्यमा उम्मेदवारी दिएकी विना मिजारले पासो लगाई आत्महत्या गरेकी हुन । घर फर्किएपछि निर्वाचन खर्च जुटाउन छलफल भएको र आर्थिक अवस्थालाई देखाउँदै घरका अन्य सदस्यले खर्च गर्न नसकिने बताएपछि झगडा भएको स्थानीयहरुको भनाई छ ।  चुनाव खर्चको विवाद बढदै गएपछि मिजारले डोरीको पासो लगाई आत्महत्या गरेको प्रारम्भिक अनुमान छ । सामान्य किसान परिवारकी उनी र उनको परिवारले जेनतेन गुजारा गर्दै आएको थियो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger