Latest Updates :

एक मन्दिर जहाँ हुन्छ अमिताभ बच्चनको पूजा

SHARE THIS POST :
केही दिन अघि एक मन्दिरमा बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनको मूर्ति राखिएको छ । जुन मुर्ति अमिताभ बच्चन जत्तिनै अग्लो बनाइएको छ ।

अमिताभलाई मन पराउने केही समर्थकले केही सयम पहिला कोलकतामा उनको नाममा एक मन्दिर बनाएर त्यहाँ उनको पूजा हुने गरेको हो ।

समाचार एजेन्सी पीटिआईका अनुसार अल बंगाल अमिताभ बच्चन फ्यान्स एसोसिएशनले फिल्म सरकार ३ को रिलीज भएको अवसर पारेर नयाँ मूर्ति राखिएको हो ।

संगठनका सचिव संजय पटौदियाले बीबीले बताए अनुसार उनीहरुले फिल्मको सफलताको लागि मनिदरमा पूजा गराएर नयाँ मूर्ति लगाइएको हो ।

पटौदियाले बताए अनुसार २००१ मा बनाइएको थियो । उनले भने,‘हामीले त्यससमय हामीले उहाँलाई खबर गरेनौं किनकी उहाँ आफूलाई सामान्य मानिसको रुपमा व्याख्या गर्नुहुन्छ, तर हामी अमिताभलाई भगवान मान्छौं ।’

आमिताभ बच्चनको मन्दिरमा फिल्म अक्समा प्रयोग हुनेवाला एक कुर्सी छ जसमा उनको तस्वीर लगाइएको छ र त्यहाँ लेखिएको छ ‘भगवान’ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger