Latest Updates :

मेरो निर्णय जीबनकै ठुलो भुल हो केही नसोचि हतारमा गरेको विवाह– मनिषा कोइराला

SHARE THIS POST :
काठमाडौँ- अभिनेत्री मनिषा कोइरालाले सात वर्ष पहिले कत्ति पनि नसोचि निकै हतारमा गरेको विवाहको निर्णय अत्यन्तै गलतर जीबनकै भुल भएको बताएकी छिन् ।

भारतिय मिडियालाई दिएको एक अन्र्तवार्तामा उक्त विवाहको निर्णय आज आएर उनलाइ पछुतो भएको तर यसको जिम्मेवार आफूनै रहेको बताएकी हुन् ।

मनिषा कोइरालाले सन् २०१० मा व्यापारी सम्रोट दाहालसँग विवाह गरेकी थिइन् । विवाहको दुई वर्ष पछि सन् २०१२ मा सम्बन्धविच्छेद भएको थियो ।

यति बेला फिल्म ‘डियर माया’को प्रोमोसनमा व्यस्त मनिषाले अहिलेका किशोरीहरु निकै बोल्ड हुन्छन, त्यस प्रति निकै प्रभावित रहेको बताउँछिन् । अब उनले संजय दत्तको बायोपिक फिल्ममा आमाको भुमिकामा देखिने बताइएको छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger