नयाँ वर्षलाई टार्गेट गरेर नेपाली सिनेमा हलमा भिडन्त गर्ने चलचित्रहरुको प्रमोशन गर्न भ्याई नभ्याई नै देखिएको छ । यसै क्रममा दयाहाङ र केकी अधिकारी मुख्य भुमिकामा रहेको चलचित्र 'घामपानी' पनि बैशाख १ गते देखिनै हलमा लाग्दैछ ।
सोही चलचित्रमा समावेश 'आपालाई मेरो' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ । विहीबार सार्वजनिक गरिएको गीतलाई दर्शकले रुचाउने क्रम बढेको छ, जहाँ केकीलाई दयाहाङले विहे गरेर लगेको देख्न सकिन्छ । प्रेम लोप्चनको कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारीबाहेक प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले र अरुणा कार्कीको अभिनय हेर्न पाइन्छ ।
संचारकर्मी दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘घामपानी’ को यो गीतमा चन्द्रकुमार दोङको संगीत, फूलकुमार बम्जनको शब्द, सञ्जिव वाइवा, फूलकुमार बम्जन र जितु लोप्चनको स्वर रहेको छ ।
Post a Comment