Latest Updates :

आइपिएल क्रिकेटमा पुणेले मुम्बईलाई हरायो

SHARE THIS POST :

 इण्डियन प्रिमियर लिग क्रिकेटमा पुणे सुपरजाइन्ट विजयी भएको छ । बिहिबार राति भएको खेलमा पुणेले आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकालेको हो ।

पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले १ सय ८४ रनको योगफल तयार पारेको थियो । १ सय ८५ रनको लक्ष्य पुणेले १ बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा गर्यो । जितका लागि अन्तिम ३ बलमा १० रन आवश्यक हुँदा कप्तान स्टेभन स्मिथले लगातार दुई छक्का प्रहार गर्दै पुणेलाई जित दिलाए । ७४ बल खेलेका स्मिथले ३ छक्का र ७ चौकाको मद्दतमा नट आउट ८४ रन बनाए । त्यस्तै पुणेका अजिन्का रहानेले ३४ बलमा ६० रन बनाए ।

मुम्बई इन्डियन्सका जस बटलरले सर्वाधिका ३८ रन बनाउँदा नितिस राना ३४ रनमा आउट भए । पुनेका लागि इमरान ताहिरले ३, रजत भाटिया २ तथा बेन स्टोक्स र हदम जम्पाले एक एक विकेट लिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger