Latest Updates :

कालीगण्डकीको मर्मत सम्भार १० दिन भित्र सम्पन्न गर्न कुलमानको अल्टिमेटम

SHARE THIS POST :

मुलुकको प्रमुख ‘पावर ब्याङ्क’को रुपमा रहेको एक सय ४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत सम्भारको काम १० दिनभित्र सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् ।

विद्युत्भार कटौतीलाई अन्त्य गर्न महत्वपूर्ण मानिएको सो आयोजनाको मर्मत सुरु भएको दश दिन भइसक्दा पनि नसकिएकाले कार्यकारी निर्देशक घिसिङले अबको दश दिनमा मर्मत गरी पूर्ण क्षमतामा आयोजना सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
प्राधिकरणका अनुसार विगतका वर्षमा जुन समयमा सबैभन्दा बढी विद्युत् आवश्यक पर्दथ्यो, सोही समयमा नै आयोजना मर्मतको नाममा बन्द गरिने गर्दथ्यो । हाल सो आयोजनाको एउटा मात्रै युनिट बन्द गरेर मर्मत गरिएको छ ।

दुई वटा युनिटबाट नियमित रुपमा ९६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मतरसम्हार छिटो गराउने उद्देश्यले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ स्थलगत अवलोकनका लागि आयोजनास्थल पुगेको प्राधिकरणले जनाएको छ ।

निर्देशनअनुसार काम भए नभएको अवलोकन गर्न उनी आयोजनास्थल पुगेका हुन्। कालीगण्डकी आयोजनामा ४८ मेगावाटका तीन वटा टर्वाइनमध्ये एउटा टर्वाइनको मर्मत भइरहेको छ । गत वर्ष यस्तै प्रकृतिको समस्या समाधान गर्न प्राधिकरणले ४२ दिन लगाएको थियो । साँझको समयमा मात्रै आयोजना सञ्चालन हुने भएकाले सो आयोजनालाई ‘पावर ब्याङ्क’को रुपमा लिने गरिन्छ ।

आयोजनाको उपयोग र उचित व्यवस्थापन गरेर नै मुलुकभर विद्युत्भार कटौती अन्त्य गराउन सफलता प्राप्त भएको हो । प्राधिकरणको प्रबर्द्धनमा कालीगण्डकी आयोजना विगत १४ वर्षखेखि सञ्चालनमा छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger