बार्सिलोनाका स्ट्राइकर नेइमारले रियल मड्रिडसँग यसै महिना हुने एलक्लासिको खेल गुमाउने सम्भावना बढेको छ ।
शनिबार मालागासँगको खेलको ६५ औँ मिनेटमा डिएगो लियोरेन्टलाई फल गर्दा दोहोरो पहेँलो कार्ड खाँदै नेइमार मैदान बाहिरिएका थिए ।
हिजोको खेलमा बार्सिलोना मालागासँग २-० ले पराजित भएको थियो । नेइमारको व्यबहारलाई गम्भिर रुपमा लिइएमा उनलाई एक भन्दा बढी खेलमा प्रतिबन्ध गर्नसक्ने बिबिसिले उल्लेख गरेको छ ।बार्सिलोनाले अप्रिल १५ मा रियल सोसिडाडसँग खेल्नेछ भने त्यसपछि अप्रिल २३ मा रियल मड्रिडसँगको एलक्लासिको खेल्ने तालिका छ ।
रियल मड्रिडलाई दबाब दिइरहेको बार्सिलोना अहिले लालिगाको दोस्रो स्थानमा छ । रियलको ७२ अंक हुँदा एक खेल बढी खेलेको बार्सिलोनाको ६९ अंक छ ।
Post a Comment