Latest Updates :

ओलीमात्र निडर र स्पष्ट नेता हुन्, प्रचण्ड जस्तो कायर व्यक्तीलाई चीनले विश्वास गर्दैन।

SHARE THIS POST :
काठमाडौं । भारतीय अधिपत्यलाई रोक्ने उद्देश्यले आफ्नो देशले नेपालसम्बन्धी रणनीति बनाइरहँदा नेपालका वर्तमान प्रधानमन्त्रीले विश्वास घात गरेको चिनियाँ विशेषज्ञले जनाएका छन् । चिनियाँ परराष्ट्र मन्त्रालयअन्तर्गतको भारत अध्ययन केन्द्रका कार्यकारी निर्देशक र नेपाल अध्ययन केन्द्रको प्रमुखसमेत रहेका प्राध्यापक सु लियाङले यस्तो खुलासा गरेका हुन् ।

संविधान कार्यान्वयन हुनै नदिने गरी मधेसी दलले बखेडा निकालिरहेका बेला चिनियाँ परराष्ट्र मामिला विज्ञ प्रा.लियाङको यो भनाइ सार्वजनिक हुनुलाई संयोग मात्रै मानिएको छैन । वैशाख ३ मा प्रकाशित हिमाल साप्ताहिकमा दिइएको अन्तर्वार्तामा प्रा.लियाङले भनेका छन्– ‘दक्षिण एसियामा दुईवटा स्वतन्त्र मुलुक छन्, भारत र पाकिस्तान, हामी चाहन्छौं नेपाल पनि आफ्नो इच्छा र आवश्यकताअनुसार विश्वका अन्य मुलुकसँग परराष्ट्र सम्बन्ध कायम राख्न सामथ्र्यवान् बनोस् ।’ दक्षिण एसियाका देशहरूमा अर्को स्वतन्त्रता अभियानको आवश्यक परेको र त्यसका लागि सहयोग गर्न चीन तयार रहेको उल्लेख गर्दै उनले भनेका छन्– ‘नेपालका प्रधानमन्त्री प्रचण्ड चीनको सहयोग लिन डराइरहेका छन्, प्रचण्डको यो कायरताले चीन सशंकित भएको छ ।’

नेपालमा भारतीय अधिपत्य रोक्नका लागि जुनसुकै सयोग गर्न पनि चीन तयार रहेको उल्लेख गर्दै प्रा. लियाङले भनेका छन्– ‘अहिलेका प्रधानमन्त्री भारतको दबाबमा छन्, त्यसैले चिनियाँ सहयोग लिन हच्किरहेका छन्, तत्कालीन प्रधानमन्त्री केपी ओलीले हिम्मत गरेका थिए, तर एकाएक नयाँ प्रधानमन्त्री आएपछि नेपाल चीन सम्बन्धको गति पछाडि फर्कने संकेत देखियो, प्रधानमन्त्रीका रूपमा प्रचण्डको पहिलो भारत भ्रमणलाई चीनले विश्वासघातका रूपमा महसुस गरेकै हो, आफूलाई छिटो परिवर्तन गरिरहने चरित्र बोकेको व्यक्तिलाई चीनले विश्वास गर्दैन ।’

तीन साताअघि भएको प्रचण्डको चीन भ्रमणले दुई देशबीचको केही असमझदारी हटे पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गर्ने वातावरण भने बनिनसकेको उनको भनाइ छ । उनले भनेका छन्– ‘राष्ट्रपति सि गत वर्ष नै नेपाल भ्रमण गर्न चाहनुहुन्थ्यो, तर मुख्य कुरो त नेपालले उहाँको भ्रमणलाई कति महत्वको साथ हेरेको छ र नेपालका राजनीतिज्ञ चीनसँग के चाहन्छन् भन्ने हो । उहाँको भ्रमण द्विपक्षीय सम्बन्धमा ब्रेक थ्रु हुनुपर्छ । के नेपाल यसका लागि तयार छ ? भ्रमणलाई प्रतीकात्मक मात्रै बनाउन खोजिएको हो भने मलाई लाग्छ, उहाँको नेपाल भ्रमणमा रुचि हुने छैन ।’
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger