दमकको आम्दा अस्पतालले निशुल्क रुपमा आमा र बच्चाको सकुशल रुपमा उद्धार गरेको थियो । स्वास्थ्य समस्या भएमा निशुल्क रुपमा आमा र बच्चा दुबैको उपचारको बन्दोबस्त मिलाइएको आम्दा अस्पताल दमकका प्रमुख डा. नबिन ढकालले बताए । उनले बच्चालाइ आवश्यक ल्याक्टोजिन र कपडा तत्काल पनि उपलब्ध गराएका थिए ।
यसैगरि दमकका युवा ब्यवसायि ननिब अग्रवालले एक महिनाका लागि चामल सहितका बिभिन्न खाद्य सामाग्रिहरु उपलब्ध गराएका थिए । उनले खाद्य सामाग्रि लिएर पीडित बसेको ठाँउमा जाँदा गोबर गोठमा रहेको पाइएको थियो । अग्रवालले यस ठाँउबाट सुरक्षित ठाँउमा सार्नका लागि सवाल नेपालको पहल आवश्यक रहेको भन्दै आफ्नो तर्फ सहयोग रहने बताएका थिए । चाँदनी बस्नेतले बच्चा र सुत्केरी महिलालाइ आवश्यक कपडा ब्यवस्था गरेकी थिइन् ।
साँसद महेन्द्र कुमारी सुब्बा सहित सवाल नेपालको टिमले बुधबार गोबरगोठबाट सुत्केरीलाइ उद्धार गरेपछि अहिले पीडितहरुको बसाइ धेरै सहज भएको छ । अझै उनिहरुले धेरै सहयोगको खाँचो छ । बच्चाको भरणपोषण देखि भोजपुर घरमा पुर्नस्थापनासम्म सहयोग आवश्यक भएकाले सवाल नेपाल सबैलाइ सहयोगका लागि अपिल गर्दछ ।
Post a Comment