Latest Updates :

के सलमान कै कारण बढको हो त शाहरुख र अजयको दुश्मनी

SHARE THIS POST :
शाहरुख खान र अजय देवगणको कोल्डवारको वारेमा त सबै जानकार छन् । शाहरुखको ‘जब तक है जान’ र अजयको ‘सन अफ सरदार’ को बक्स अफिस भिडन्तमा उनीहरुको दुरी बढेको थियो ।

तर, सन २०१५ मा दिलवालेको सुटिङ भइरहेको वेला शाहरुख-अजयविच सम्बन्ध राम्रो भएको सन्देश फैलियो । उनीहरुले संगै बसेर खिचेको तस्विरले सामाजिक सञ्जालमा राम्रो चर्चा पायो । तर, अहिले शाहरुख-अजय पुन भिडन्तको मनस्थितीमा छन् । यसो हुनुमा सलमानलाई कारकको रुपमा औंल्याइएको छ ।

खासमा सलमानको ‘ट्युबलाइट’ को साथ अजय आफ्नो फिल्म ‘बादशाहो’ टे्रलर रिलिज गर्न चाहन्थे । त्यसो त शाहरुख पनि अनुष्कासँगको फिल्मका टे्रलर रिलिज गर्न चाहन्थे ।

दुबै फिल्मका निर्माताले ट्युबलाइट निर्मातासँग कुरा पनि गरे । तर, सलमान मानेका छैनन् । साथै ट्युबलाइट निर्माताले यही घटनाको कारण फेरि शाहरुख-अजयविच कोल्डवार हुन सक्ने बताएका छन् । यदि त्यसो भएमा अबको वारको कारण सलमान मानिनेछन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger