बलिउड अभिनेता विनोद खन्ना विरामी भएर अस्पताल भर्ना भएका छन्।
शरिरमा पानीको मात्रा कम भएका कारण उनलाई अस्पताल भर्ना गरिएको अस्पताललाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएका कारण चाँडै नै अस्पतालबाट डिस्चार्ज हुने समाचारमा उल्लेख छ।
शरिरमा पानीको मात्रा कम देखिएकाले विनोदलाई अस्पताल भर्ना गरिएको र स्वास्थ्यमा सुधार हुँदै गएकाले डिस्चार्जका बारेमा सल्लाह गर्ने तयारी भइरहेको पारिवारीक स्रोतले जनाएको छ।
विनोद १९६८ मा मन का मीत बाट चलचित्रमा प्रवेश गरेका थिए।
Post a Comment