राम वा रामचन्द्र, (रामायण अनुसार) प्राचीन भारतमा जन्मिएका महापुरुष थिए । हिन्दू धर्ममा, राम, विष्णुको १० अवतारहरू मध्ये एक अवतार मानिन्छन् । रामको जीवनकाल र पराक्रम, महर्षि वाल्मिकि द्वारा रचित, संस्कृत महाकाव्य रामायणको रूपमा लेखिएको छ। उनको विषयमा तुलसीदासले भक्ति काव्य श्री रामचरितमानसको रचना गरेका थिए । विशेष रूपले उत्तर भारत र नेपालमा राम धेरै पूज्यनीय मानिन्छन् । रामचन्द्र हिन्दुत्ववादिहरको पनि आदर्श पुरुष हुन्।
राम, अयोध्याको राजा दशरथ र रानी कौशल्याको सबै भन्दा जेठो पुत्र थिए। रामकी पत्नीको नाम सीता थियो (जसलाई लक्ष्मीको अवतार मानिन्छ) र उनका तीन भाइ थिए: लक्ष्मण, भरत र शत्रुघ्न । हनुमान, रामको, सबै भन्दा ठूलो भक्त मानिन्छन् । रामले राक्षस जातिको राजा रावणको वध गरे । हिन्दू धर्मको कयौँ चाड पर्व, जस्तै दसैं र तिहार, रामको जीवन-कथा सँग जोडिएका छन् ।
राम नवमी
चैत्र शुक्ल नवमीका दिन श्रीरामको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा, आराधना गरी मनाइँदैछ। असत्यमाथि सत्यको विजय गरेका श्रीरामको सम्झनामा आज रामका मन्दिरमा पूजापाठ गरिन्छ।
आज विहानैदेखि काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिर तथा जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ। त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ। आजकै दिन उनैको स्मृतिमा मुलुकभर पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म– –वाल्मीकि– तुलसीकृत– भानुभक्तीय रामायण वाचन गर्ने र रामको पूजाआराधना गरी रातभर भजनकीर्तन गर्ने परम्परा छ।
आजका दिन व्रत बसी रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने ुव्रतार्कु नामक धर्मग्रन्थमा उल्लेख छ। अयोध्याका राजा दशरथका जेठा छोरा भई विष्णुको सप्तम अवतारका रूपमा जन्मीएका रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको तथा आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ।
Post a Comment