Latest Updates :

पूर्वराजा ज्ञानेन्द्रले नाती हृदयन्द्रको व्रतबन्धमा राष्ष्ट्रपति, प्रधानमन्त्रीलाई दिए निम्तो, जालान त राष्ष्ट्रपति, प्रधानमन्त्री निम्तो मान्न ?

SHARE THIS POST :

पूर्वराजा ज्ञानेन्द्र शाहले नाती हृदयन्द्रको व्रतबन्धको खुशीमा २४ गते सोल्टी होटलमा आयोजना गरेको लन्चका निम्ति राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाललाई निम्तो दिएका छन् ।

सो कार्यक्रमका निम्ति प्रधानमन्त्री, राष्ट्रपतीलाई उपस्थितीका निम्ति निम्तो पठाइसकिएको दरबार स्रोतले बताएको हो । यसअघि उनले समाजका गण्यमान्यहरुलाई निम्तो दिइसकेका छन् ।


हृदयन्द्रको व्रतवन्ध चैत्र १७ गते विधिसम्मत रुपमा हुर्दैछ । ब्रतवन्ध स्वयं पूर्वराजा अर्थात हजुरवाउको निगरानीमा तयारी भइरहेको छ ।

सोल्टीको लन्चमा पनि हजूरबाउ आफैले व्यञ्जनको छनौट गरेर आदेश गइसकेको छ । बर्तबन्धका लागि ज्ञानेन्द्रले करोडौं रकम छुट्याइसकेको समाचार शुत्रको दावी छ ।

हृदयन्द्र पूवयुवराज पारसका छोरा हुन् तर हृदयन्द्र हजुर बाउ भनेपछि हुरुक्कै हुन्छन् । हजुरबाउ पनि नातीको पूर्ण हेरबिचार गरिरहेका छन् ।

नाती हजुरबाउको वीचमा बाबु पारस शाह के गर्दैछन्, भन्ने अत्तोपत्तो छैन । ब्रतबन्धको भोजका निम्ति पूर्वराजाले शिर्षदलका साथै अन्यलाई समेत बोलाउने बताइएको छ ।

यसअघि राष्ट्रपतीको छोरीको बिहेमा पूर्वराजा सरिक भएका थिए । यसपाली राजाको निम्तोलाई राष्ट्रपतीले के गर्लिन त्यसलाई अर्थपूर्ण हिसाबले हेरिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger