Latest Updates :

सुतेकै अवस्थामा मृत्यु

SHARE THIS POST :

दक्षिण कोरियामा इपीएसबाट आएका नेपाली तपिन कटुवालको सोमबार निधन भएको छ । इटहरी–५ हलगाडा निवासी २४ वर्षीय कटुवालको सुतेकै अवस्थामा अचानक निधन भएको उनीसँगै काम गर्ने गणेश तामाङले बताए । कटुवालको कोरियाको छुङछङ नाम्दो खोङजुको ‘जे फर्म’ नामक ‘फुड’ कम्पनीको आवास कोठामा निधन भएको हो । तीन वर्षअघि कोरिया आएदेखि नै कटुवाल सोही कम्पनीमा कार्यरत थिए । पाँच महिनाअघि मात्र छुट्टीमा घर गएका बेला उनले विवाह गरेको कोरियामै रहेका उनका भाइ असिन कटुवालले बताए । उनको शव कोरियाको एक अस्पतालमा राखिएको छ । सोलस्थित नेपाली दूतावासका श्रम सहचारी देवराज ढकालले उनको शव नेपाल पठाउने र बिमाबापत आउने रकमबारे दूतावासले पहल गर्ने बताए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger