Latest Updates :

आफ्ना बुद्धिजीविहरुको रिहार्इको माग गर्दै भारतीय माओवादीद्धारा मार्च २९ मा भारतबन्द

SHARE THIS POST :

भारतीय कम्युनिस्ट पार्टी माओवादीले यही मार्च २९ का दिन भारतबन्दको कार्यक्रम आयोजना गरेको छ । दिल्ली विश्वविद्यालयका प्राध्यापक जि।एन साइबाबा लगायत ५ जनालाई महाराष्ट्रको गाडचिरोली अदालतले आजीवन कारावासको सजाय दिएको विषयलाई लिएर विश्वव्यापी रूपमा आवाज उठिरहेको अवस्थामा भारतीय कम्युनिस्ट पार्टी ९माओवादी० ले सो फैसलाका विरुद्ध यही मार्च २९ तारिखका दिन ‘भारतबन्द’ को कार्यक्रम राखेको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हालै सो पार्टीद्वारा जारी गरिएको प्रेसविज्ञप्तिमा मार्च २३ देखि २९ सम्मलाई विशेष हप्ताका रूपमा लिएर भगतसिंह, सुखदेव र राजगुरुको स्मृति दिवस मनाउने निर्णय गरेको गरेको कुरा जनाइएको छ । अहिले महाराष्ट्रका विभिन्न स्थानमा व्यापक रूपमा भारतबन्द किन भनेर पोस्टरहरू तथा ब्यानरहरू टाँसिएका र टाङ्गिएका छन्।
ब्यानरमा आसिवासी जनताको सम्पतिमाथि देशी(विदेशी कर्पोरेट घरानाको दोहन बन्द गर, हिन्दु फासीवादको विरोध गरौं, संगठित होओं र प्रतिरोध गरौं , अप्रेसन ग्रिनहन्टका विरुद्ध जनयुद्ध तीब्र पारौं लेकिएको छ । स्मरण रहोस्, पछिल्ला दिनमा भारतीय माओवादीहरूले आफ्नो कारवाहीलाई तिब्र पारेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger