Latest Updates :

लण्डनकी एक ११ बर्षीय बालिका दुनियाँकै कम उमेरमा आमा बन्ने

SHARE THIS POST :

के तपाईले सोच्नु भएको छ, ११ बर्षीय बालिका आमा बन्न सक्छिन भनेर ? हो, यो कुरा साँचो भएको छ। लण्डनमा एक ११ वर्षकी बालिका अब चाँडै नै आमा बन्ने भएकी छिन्। उनी दुनियाँकै सबैभन्दा कम उमेरमा आमा बन्ने बालिका हुन्।
समाचार विवरणहरूमा उल्लेख भएअनुसार बच्चाको बुबा पनि नाबालिग नै हो, ति बालिका भन्दा केहिवर्षको मात्र जेठा छन्। बाबुको पहिचान भने गोप्य नै राखिएको छ।


गार्जियन पत्रिकामा प्रकाशित समाचार अनुसार कानूनी बाध्यताका कारण गर्भवतीसँग सम्बन्धित पहिचानहरु गोप्य राखिएको छ।

वर्तमानको सबैभन्दा कम उमेरमा आमा बन्ने बालिका यसअघि १२ वर्षकी थिइन् उनले सन् २०१४ मा एक बच्चालाई जन्म दिएकी थिईन्। तर, अहिलेकी यि बालिका वर्तमानमा लण्डनमा सबैभन्दा कम उमेरमा आमा बन्ने बालिका भएकी छिन्।

लण्डन पछिल्लो एक दशकमा किशोरावस्थामा गर्भाधानको दर तिव्र गतिमा गिरावट ल्याउनमा सफल भएको छ। तर पश्चिमी यूरोपमा यो स्थिति अहिले पनि सबैभन्दा बढी छ। किशोरीहरु गर्भवती हुने सम्बन्धमा लण्डन पुरै यूरोपमा ६७ औँ नम्बरमा छ। यस सम्बन्धमा रोमानिया, बुल्गारिया, स्लोवेकिया, हंगेरी र माल्टा लण्डनभन्दा अगाडी छन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger