Latest Updates :

सुन्दै जिउ काँप्ने घट्नाः हाम्रै नेपालमा

SHARE THIS POST :

पत्नीले छोरी जन्माएर हत्यागरि गाडिन्, पतिले अस्पताल पुर्याउँदा थाहा पाए कोख रैछ रित्तो
नेपाली समाजमा डरलाग्दा र अपत्यारिला अपराधका घटना बढ्न थालेका छन्। एउटा यस्तै घटना बाहिर आएको छ, जुन सुन्दै जिउ काँप्ने खालको छ।

२१ बर्षीया युवतीले छोरीलाई जन्माएर पतिलाई समेत भ्रममा पारेर बाँस घारीमा लगेर गाडेको घटना बाहिर आएको छ। बच्चा जन्माएर हत्या गरि गाडेपछि पनि उनले बच्चा पेटमै रहेको नाटक गरेर अस्पतालमा बच्चा जन्माउन भर्ना हुन पुगिन्, जुन सुन्दै आश्चर्य लाग्छ।

अस्पतालमा डाक्टरले भने ‘पेटमा बच्चा छैन, बच्चाको जन्म भैसकेको छ।’ डाक्टरको कुरा सुनेर पति मेघबहादुर चकित परे। सन्तान जन्माएर मारिसकेको उनले शंकासम्म गरेका थिएनन्। सन्तान प्राप्तिको सुख अनुभुत गर्ने बेलामा उनले पत्नीको कोख खालि भएको खबर सुने।
आफैले जन्माएको छोरी मारेको अभियोगमा चाँगुनारयण नगरपालिका–३ झौखेलमा डेरा गरेर बस्ने रामेछाप गौसरा–१ घर भएकी २१ बर्षीया साहिली तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार विहानदेखि प्रसव व्यथाले उनी अत्तालिइन्। उनका पति मेघ बहादुर तामाङ पत्नीलाई अस्पताल लैजानका लागि पैशा ऋण खोज्न गाउँ गए। यही बीचमा साहिलीले छोरीको जन्म दिएर घर नजिकैको बाँस घारीमा लगेर गाड्न समेत भ्याइसकेकी थिइन्।

तर उनले बच्चा जन्माएर गाडेको कुरा पतिलाई भनिनन्। पति ऋण काढेर आएपछि साहिलीलाई लिएर जिल्ला अस्पताल पुगे। अस्पतालमा डाक्टरले भने ‘पेटमा बच्चा छैन, बच्चाको जन्म भैसकेको छ।’ डाक्टरको कुरा सुनेर पति मेघबहादुर चकित परे। सन्तान जन्माएर मारिसकेको उनले शंकासम्म गरेका थिएनन्। सन्तान प्राप्तिको सुख अनुभुत गर्ने बेलामा उनले पत्नीको कोख खालि भएको खबर सुने।

त्यसपछि सोधपुछ गर्दा पत्नीले सुरुमा बताउन इन्कार गरिन्। प्रहरी समेत संलग्न भएर अनुसन्धान गरेपछि थाहा लाग्यो–बालिकाको जन्म भए पश्चात हत्या गरेर साहिलीले कोठा नजिकैको बाँसघारीमा लगेर गाडेकी रहिछन्।

प्रहरीले साहिलीलाई नियन्त्रणमा लिएर घट्नास्थलसम्म पुग्यो। गाडेको ठाउँबाट मृत अवस्थामा नवजात शिशु निकालेपछि थाहा लाग्यो एउटी आमाले यतिसम्मको अपराध कर्म गर्न सक्छिन्। घट्नाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger