Latest Updates :

कुखुरा फार्ममा आगलागी, अढाई लाखको क्षति

SHARE THIS POST :

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-६ खैजनपुर सनुवामा बुधबार विद्युत् सर्ट भई एक कुखुरा फार्ममा आगलागी हुँदा करिब रु अढाई लाख बराबरको क्षति भएको छ।

दिनको ३ बजेतिर स्थानीयवासी विष्णु राजधामीको कुखुरा फार्ममा अचानक विद्युत् सर्ट भएपछि फार्ममा आगलागी भएको स्थानीयवासी मोहन राजधामीले बताए।

आगलागीबाट केही कुखुरा बाहिर निकाल्न सफल भएपनि केही कुखुरा नष्ट भएको र सबै फार्म जलेको कुरा मोहनले बताएका छन्। अन्यत्र आगो फैलिन नदिन भने स्थानीयवासीको सक्रियतामा सफल भएको पनि स्थानीयवासी दीपक लुइँटेलले बताए।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger