कति जना लान पाइने हो ? एक जना मात्र हो भने मलाई बडो गाह्रो पर्नेछ । म पारिवारिक मान्छे । आमालाई लैजाऊँ, बाउ छुट्छन् । श्रीमती लाँदा छोराछोरी छुट्छन् । त्यसैले म त्यता जान्नँ ।चन्द्रमामा आफूसँगै कसैलाई लाने मौका पाउनुभयो भने ?
कति जना लान पाइने हो ? एक जना मात्र हो भने मलाई बडो गाह्रो पर्नेछ । म पारिवारिक मान्छे । आमालाई लैजाऊँ, बाउ छुट्छन् । श्रीमती लाँदा छोराछोरी छुट्छन् । त्यसैले म त्यता जान्नँ ।
चन्द्रमामा आफूसँगै कसैलाई लाने मौका पाउनुभयो भने ?
कति जना लान पाइने हो ? एक जना मात्र हो भने मलाई बडो गाह्रो पर्नेछ । म पारिवारिक मान्छे । आमालाई लैजाऊँ, बाउ छुट्छन् । श्रीमती लाँदा छोराछोरी छुट्छन् । त्यसैले म त्यता जान्नँ ।
एक दिनका लागि चोर बन्नुभयो भने सबैभन्दा पहिले के चोर्नु हुन्छ ?
के चोर्नु र खै, त्यस्तो चोर्न लायक कुनै वस्तु नै देखेको छैन । कुनै नायिकाले विवाहको प्रस्ताव राखिन् भने ?
ठाडै अस्वीकार गर्छु ।
हिरो नहुनुभएको भए ?
हिरो नभएको भए म अनुसन्धानको काम गर्थें ।
काठमाडौंको पानीले तपाईं तक्लु हुनुभयो भने ?
केशको मामिलामा म अलि बढी संदेशनशील छु । त्यसैले प्राय: मिनरल वाटरले मात्र केश धुन्छु ।
आफ्ना चलचित्रका हरेक अभिनेत्रीले लभ प्रपोज गरे भने ?
प्रेम अस्वीकार गर्ने चिज होइन । हामीले जीवनमा प्रेम नै अस्वीकार गरेर स्वीकारचाहिँ के गर्ने ?
कुनै सुन्दरीले बेड सेयर गर्ने प्रस्ताव राखिन् भने ?
त्यसलाई चाहिँ ठाडै अस्वीकार गर्छु ।
दिनपछि रात परेन भने ?
निदाउने बन्दोबस्त गरिन्थ्यो। किनभने निद्रा त हामी सबैका लागि अत्यावश्यक छ ।
धाराबाट पानीको साटो बियर आउन थाल्यो भने ?
पानीको खोजमा लागिन्थ्यो ।
रेस्टुराँको बिल तिर्ने बेला पर्स घरमै छुटेको थाहा पाउनुभयो भने ?
मेरो पर्स छुटेछ । म आएर पे गर्छु भन्ने विश्वास दिलाउँथें । त्यति त विश्वास गर्लान् नि । मेरो असाध्यै बिर्सने बानी छ, यस्तो धेरै पटक भएको पनि छ ।
कुनै समारोहमा भाषण गर्ने क्रममा पाइन्टको जिपर खुलै भएको थाहा पाउनुभयो भने ?
ए खुलेछ है भन्छु, त्यसबाहेक अरू के नै गर्न सकिन्छ र ?
सेभिङ गर्ने क्रममा आफ्नो कालो दार्ही सेतो भयो भने ?
डाक्टरसँग कन्सल्ट गर्थें ।
एक दिनलाई गृहमन्त्रीमा नियुक्त हुनुभयो भने ?
त्यो दिनभरीमा यो चोरी, चकारी र घूसखोरीले बनाएको सञ्जाल तोड्ने काम गरिन्थ्यो ।
आध्यात्मिक स्वभावको हुनुहुन्छ, परिस्थितिले तपाईंलाई जोगी बनायो भने ?
परिस्थितीले जोगी बनाउने भन्ने शब्द नै गलत छ । जो परिस्थितिले जोगी बनेका हुन्छन् उनीहरू वास्तविक जोगी होइनन् । जोगी शब्द योगीबाट आएको हो । व्यक्ति योगी हुन सक्छ, जोगी हुँदैन । योगबाट योगी भएको हो । हरेक व्यक्ति एक दिन योगी बन्छ भने त्यसमा खराबी नै के छ र ?
Post a Comment