पनौतिको भालेश्वर मावि कक्षा ९ मा अध्ययनरत विद्यार्थी सन्तोष थापाको मृत्युको विषयलाई लिएर तेजगंगा क्याम्पस अन्ततह झुक्न बाध्य भएको छ। तेजगंगा क्याम्पसले १५ लाख क्षतिपूर्ती दिने भएपछि मृतक विद्यार्थीका आफन्तले शिक्षण अस्पतालमा रहेको शव बुझेका हुन्। क्याम्पसले १५ लाख दिनुपेर्ने माग राख्दै परिवारले चार दिन सम्म पनि शव नबुझेपछि क्याम्पसले उक्त रकम दिने सहमति गरेको हो। गत शनिबार पनौती बस्दै आएका छात्र सन्तोष थापा कपलकोट साथीहरुसँग फुटवल खेल्दा बल तेजगंगा कलेजको छतमा अड्किएको थियो। उक्त बल लिन गएका थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। क्याम्पसको छतमा रहेको फलामको रडमा विजुलीको तारले छोएको र उक्त रड समात्न पुग्दा थापाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले क्षतिपुर्तिको माग गर्दै शव बुझेका थिएनन्।
तेजगंगा क्याम्पसले गल्ती स्वीकार्दै १५ लाख दिने भएपछि मृतक विद्यार्थीका परिवारले शव बुझे
पनौतिको भालेश्वर मावि कक्षा ९ मा अध्ययनरत विद्यार्थी सन्तोष थापाको मृत्युको विषयलाई लिएर तेजगंगा क्याम्पस अन्ततह झुक्न बाध्य भएको छ। तेजगंगा क्याम्पसले १५ लाख क्षतिपूर्ती दिने भएपछि मृतक विद्यार्थीका आफन्तले शिक्षण अस्पतालमा रहेको शव बुझेका हुन्। क्याम्पसले १५ लाख दिनुपेर्ने माग राख्दै परिवारले चार दिन सम्म पनि शव नबुझेपछि क्याम्पसले उक्त रकम दिने सहमति गरेको हो। गत शनिबार पनौती बस्दै आएका छात्र सन्तोष थापा कपलकोट साथीहरुसँग फुटवल खेल्दा बल तेजगंगा कलेजको छतमा अड्किएको थियो। उक्त बल लिन गएका थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। क्याम्पसको छतमा रहेको फलामको रडमा विजुलीको तारले छोएको र उक्त रड समात्न पुग्दा थापाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले क्षतिपुर्तिको माग गर्दै शव बुझेका थिएनन्।
Labels:
Entertainment
,
Featured
,
National News
Post a Comment