Latest Updates :

विश्वका सुन्दर मुद्राको सूचीमा नेपाली नोट

SHARE THIS POST :
काठमाडौं— नेपाली मुद्रा विश्वका मुद्रामध्ये सुन्दर रहेको एक विश्वचर्चित पत्रिकाले जनाएको छ। बेलायतबाट प्रकाशित हुने दैनिक दी टेलिग्राफले हालैमात्र विश्वका सुन्दर मुद्रामध्ये नेपालका मुद्रा पनि रहेको समाचार प्रकाशित गरेको छ।

विश्वका सुन्दर मुद्रालाई समेटेर दी टेलिग्राफले तयार गरेको सूचीमा नेपालका चारवटा मुद्राले स्थान पाएका हुन्। पत्रिकाले तयार गरेको सूची ‘वल्र्ड मस्ट ब्युटिफुल करेन्सिज’ अर्थात विश्वकै सुन्दर मुद्रामा पाँच सय, पाँच रुपैयाँ, एक रुपैयाँको नोट र दुई रुपैयाँको सिक्का परेको छ।
पत्रिकाले विभिन्न देशमा घुमफिरको क्रममा संकलन गरेको नोटका आधारमा आफ्नो  ट्राभल ब्लगमा उत्कृष्ट २० मुद्रालाई स्थान दिएको छ । जसमा नेपालका चारवटा मुद्राले स्थान पाएका हुन्।

पाँच सय, पाँच रुपैयाँ, एक रुपैयाँको नोट र दुई रुपैयाँको सिक्कामध्ये तीनवटै नोटमा प्रयोग गरिएको बाघ, याक र जरायोको तस्बिरलाई पत्रिकाले प्रशंसा गरेको छ । त्यस्तै दुईको सिक्कामा रहेको सगरमाथा र हलो जोत्दै गरेको आकृतिको पनि पत्रिकाले प्रशंसा गरेको छ । तर दुई रुपैयाँको सिक्काको आकृतिको व्याख्यामा गोरु भन्नुपर्नेमा ‘भैंसी वा राँगो’ भन्ने बुझाइ राखिएको छ । साथै एक रुपैयाँको नोटमा गरिएको खुला डिजाइनलाई टेलिग्राफले थप प्रशंसा गरेको छ।

पत्रिकाको सूची अनुसार न्युजिल्यान्डको पाँच डलर पनि छ। जसले सन् २०१५ मा उत्कृष्ट नोटको पुरस्कार पनि प्राप्त गरेको थियो। त्यस्तै सन् २०१४ को उत्कृष्ट नोटको पुरस्कार प्राप्त गरेको ट्रिनिडाड एन्ड टोबागोको ५० डलरको नोट पनि सूचीमा परेको छ।

कजाखस्तानको एक हजार टेंगे, स्विजरल्यान्डको ५० फ्र्यांक, अस्टेलियाको पाँच डलर, माल्दिभ्सको एक हजार रुफियाँ, बर्माको एक क्याट, बर्मुडाको दुई डलर, युगान्डाको ५० हजार सिलिङ लगायत पनि विश्वका सुन्दर मुद्राको सूचीमा परेका छन्।

नेपाली एक रुपैयाँ, पाँच रुपैयाँ र पाँच सय रुपैयाँको नोट विश्वकै सुन्दर मुद्राको सूचीमा ११ औं स्थानमा परेको हो । साथै नेपाली संस्कृतिमा याकको महŒवपूर्ण स्थान रहेको र  पाँचको नोटमा दुईवटा याकलाई महत्वका साथ प्रस्तुत गरिएको भन्दै यो नोटलाई सूचीको १२ औं नम्बरमा राखिएको छ । एक रुपैयाँको नोटमा रङको प्रगोग सादा भएको भन्दै १३ औं स्थानमा राखिएको छ।

प्रत्येक वर्ष इन्टरनेसनल बैंक नोट सोसाइटीले वर्षको उत्कृष्ट नोट घोषणा गर्छ। तर, सोसाइटीले हरेक वर्ष गर्ने उत्कृष्ट मुद्रा छनोटको २०१६ को लागि दर्ता गर्नुपर्ने अवधि सकिसकेको छ।

गत जनवरी ३१ सम्ममा दर्ता खुला गरिएको र १९ वटा मुद्रा नोमिनेसनमा परेको सोसाइटीले जनाएको छ । तर, यस नोमिनेसनमा नेपालबाट कुनै मुद्रा प्रतिनिधत्वमा परेको छैन। प्रतिस्पर्धामा हालै मात्र भारत सरकारले सार्वजनिक गरेको दुई हजारको नोट पनि परेको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger