Latest Updates :

तौलले गर्दा सलमान पीडामा !

SHARE THIS POST :
काठमाडौं, १ चैत । चलचित्र सुल्तान गत वर्षकै सुपरहिट चलचित्र बन्यो । यसै चलचित्रबाट अभिनेता सलमान खानले सबैबाट तारिफ पनि पाए । कुस्तीबाज भूमिकामा देखिएका सलमानको तौल उक्त समय धेरै नै थियो ।

सबैबाट तारिफ पाएपनि उक्त समय आफू पीडामा रहेको सलमानले खुलासा गरेका छन् । हालै आयोजित एक कार्यक्रममा सलमानले तौल घटाउने समय एकदमै पीडादायी रहेको जानकारी दिएका भारतीय मिडियाले जनाएका छन् । उनले सुल्तान लगतै चलचित्र ‘टाइगर जिन्दा है’मा काम गर्नु परेकाले कम्तीमा २० किलो घटाउनु पर्ने बताएका छन् । आफ्नो शरीरको तौलकै कारण पिडादायी समय बिताउनु परेको सलमानले गुनासो गरे ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger