भारतीय सीमा सुरक्षाबलले नेपाली भूमिमा आएर नेपालीमाथि आक्रमण गर्न थालेपछि दुबईमा रहेका नेपालीले सीमा क्षेत्रमा पर्खाल लगाउन सहयोग रकम घोषणा गर्न थालेका छन्।
केही दिनअघि मात्रै कन्चनपुरमा भारतीय सीमा सुरक्षाबलको गोली लागेर नेपालका गोविन्द गौतमको ज्यान गएपछि आक्रोशित बनेका नेपालीले सीमा क्षेत्रमा पर्खाल लगाउन सरकारसँग माग गर्दै प्रवासमै १७ करोड सहयोग रकमको घोषणा गरेका हुन्।
सीमा क्षेत्रमा पर्खाल लगाउन हिमाल गिरीले एक करोड सहयोगको घोषणा गरेका छन्। त्यसैगरी नेपाल पत्रकार महासंघ युएईका सचिव मेघराज सापकोटा, समाजसेवी डिएल शर्मा लागायतले एक महिनाको तलब दिने घोषणा गरेका छन भने धेरै जनाले एक महिनाको जनश्रमदान सहित आफूले सक्दो आर्थिक सहयोग गर्ने बचनबद्धता जनाएका छन्।
साथै नेपाली जनप्रगतिशील मञ्च युएईले आफ्ना कार्यकर्ताबाट संकलन गरी ५० लाख सहयोग गर्ने घोषणा गरेको छ। मञ्चका अध्यक्ष पौडेलको स्टाट्समा मात्र सहयोगको घोषणा गरिएको रकम १७ करोड रुपैयाँ पुगेको छ। विभिन्न देशमा रहेका प्रवासी नेपालीले सामाजिक सञ्जालमार्फत सहयोगको घोषणा गर्नेको संख्या उल्लेखनीय रहेको छ।
Post a Comment