Latest Updates :

बाबुरामको विरोध गर्ने मानिस नेपाली हुनै सक्दैन– करिश्मा मानन्धर

SHARE THIS POST :

नयाँ शक्तिकी नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरको भनाई छ– ‘बाबुरामको विरोध गर्ने मानिस नयाँ शक्ति पार्टीको हुनै सक्दैन, त्यस्तो मानिस नेपाली नै हुन सक्दैन ।’ पार्टीभित्र बाबुरामको चर्काे विरोध भएपछि मानन्धरले सो कुरा बताएकी हुन्। राजनीतिक पार्टीमा लागेर नेतृ बने पनि राजनीतिक टिप्पणी नगर्ने मानन्धरले पार्टी केन्द्रीय परिषद वैठकमा विवाद हुँदा सो कुरा बताएकी हुन्।

मंगलबार र बुधबार चलेको केन्द्रीय परिषद् वैठकमा संयोजक डा. बाबुराम भट्टराईले असहमत विचार राख्न नदिएपछि विवाद भएको हो । पार्टीमा बाबुराम भन्दा फरक विचार राखिरहेका देव लिम्बूले वैठकमा पेस गर्न फरक मत दर्ता गराएका थिए । तर, डा. भट्टराईले फरक मत राख्नु पार्टी अनुशासन विपरित भएको ठहर गरेका छन् ।
मंगलबार वैठक उद्घाटन गर्दै भट्टराईले देशमा अनुशासनहिनता छाएको भन्दै आफ्नो पार्टीभित्र पनि अनुशासन नभएको बताएका थिए । आफ्नो विरोध गर्ने देव लिम्बू पक्षलाई संकेत गर्दै उनले अनुशासनहिनहरुलाई छुट नदिइने बताएका थिए । बुधबारको वैठकको सुरुआतमा बाबुरामले भने– ‘मेरो विरोध गर्न हैसियत चाहिन्छ ।
हैसियत नै नभएकाहरुले मात्र मेरो विरोध गरिरहेका छन् ।’ देव लिम्बूको प्रस्तावलाई संकेत गर्दै उनले भने– ‘कतैबाट परिचालित र मेरो विरोध गर्नकै लागि ल्याइएको प्रस्तावमा छलफल हुन सक्दैन । नयाँ शक्ति भत्काउनका लागि प्रायोजित फरक मत राख्न पाइँदैन । भारतको विरोध गरेर राष्ट्रवादी देखिन खोज्नेहरुलाई पार्टी छाड्न ढोका खुला छ । गए हुन्छ ।’
लिम्बूले बाबुरामको नेतृत्वमा पार्टीले जातिवादी, साम्प्रदायिक र भारतपरस्त विचार बोकेको भन्दै प्रस्ताव दर्ता गरेका थिए । वैठकको अघिल्लो दिन सोमबार बाबुरामले देव लिम्बू समर्थक निर्मल भट्टराई, चन्द्रदेव ओझा, मोहन बम, हरिराम रिमाल लगायतलाई पार्टीबाट निष्काशित गरेका थिए । त्यसैगरी जिल्लाजिल्लामा लिम्बू समर्थक कार्यकर्तालाई बाबुराम पक्षले स्पष्टिकरण सोध्ने, पार्टीबाट निष्काशित गर्ने काम गरिरहेको छ ।

देव लिम्बूले आफ्नो प्रस्तावमा बाबुराम पक्षले लिएको लाइनको कडा विरोध गर्दै लेखेका छन्– ‘नयाँ शक्तिले बाटो विरायो । आर्थिक समृद्धिको एजेण्डालाई भन्दा पूराना शक्तिहरुले उठाउँदै आएका जातीय क्षेत्रीय एजेण्डामा ठक्कर खान पुग्यौं । पहिचान र अधिकारको खोलभित्र साम्प्रदायिकता बोकेका शक्तिहरुसँग हामी जोडियौं ।’
संविधान भत्काउने भारतीय डिजाइनमा बाबुरामले काम गरेको आरोप लगाउँदै उनले लेखेका छन्– ‘संविधान कार्यान्वयन नयाँ शक्तिको मुख्य एजेण्डा हुनुपर्नेमा संविधान भत्काउनुपर्छ भन्नेहरुसँग जोडियो ।’

‘भारतीय हस्तक्षेप अझ बढेर गएको छ र भारतले नेपाललाई जातीय रुपमा विभाजन गर्न चाहेको, जातीय द्धन्द बढाउन खोजेको प्रष्ट देखिन्छ’– लिम्बूले लेखेका छन्– ‘संविधान जारी गर्दा नाकावन्दी लगाउने भारतको नियत सम्बन्धमा सम्पूर्ण नेपाली जनता जानकार छन् । भारतको नियतलाई नयाँ शक्तिले सघाउन खोजेको देखिन्छ ।’
भारतीय हस्तक्षेप विरुद्ध नयाँ शक्तिले ठोस कार्यक्रम नदिनु र हस्तक्षेपलाई चिर्ने खालको विचार नदिनु गल्ती हो भन्ने विचार उनले राखेका छन् । नयाँ शक्तिबाट निकालिएका देव लिम्बू समर्थकहरुले भक्तपुरमा बेग्लै भेला आयोजना गरेका छन् । तर, सो भेलामा देव लिम्बू भने गएका छैनन् ।
नयाँ शक्तिमा रहेका पूर्व माओवादीहरु लिम्बूलाई प्रस्ताव पेस गर्न नदिने पक्षमा उभिएका थिए भने गैरमाओवादीहरु पार्टीभित्र फरक विचार राख्न दिइनुपर्ने पक्षमा उभिए । केही गैरमाओवादीहरुले पनि लिम्बूको प्रस्तावको कडा विरोध गरेका छन् ।

स्रोत अनुसार बैठक स्थल बाहिर आगनमा देव लिम्बूको प्रस्ताव प्रस्तुत गर्न दिने कि नदिने भन्ने विषयमा कार्यकर्ताहरु माझ विवाद हुँदा अभिनेत्री करिश्मा मानन्धर पनि मिसिएकी थिइन् ।
उनले ‘बाबुरामको विरोध कसैले पनि गर्न हुँदैन’ भनिन् । करिश्माको भनाई थियो– ‘बाबुरामको विरोध गर्ने मानिस नयाँ शक्ति पार्टीको हुनै सक्दैन, त्यस्तो मानिस नेपाली नै हुन सक्दैन ।’
करिश्माले हाकाहाकी भनिन्– ‘चुनाव हुँदैन त्यसपछि बाबुराम प्रधानमन्त्री बन्नुहुन्छ भन्ने सुनेकी छु । त्यसपछि तपाईं हामी मन्त्री बनेर यो देशका लागि केही गर्न सक्छौं । यस्तो अवस्थामा बाबुरामको विरोध गर्नु गलत हो ।
’ डा. भट्टराईले भारत विरोधी विचार राखेको र आफ्नो विरोध गरेको भन्दै लिम्बू सहितका नेताहरुलाई ट्विटरमा ब्लक गरेका थिए भने सामाजिक संजाल र मिडियामा आफ्नो पक्षमा अनिवार्य रुपमा बोल्न निर्देशन जारी गरेका थिए ।
डा. भट्टराईको प्रशंसामा बोल्नेहरुको विचार पार्टीको आधिकारिक वेवसाइमा राख्न थालिएको छ । यस क्रममा नयाँ शक्तिका अर्का नेता कृषिविज्ञ मदन राईले ‘बाबुराम जस्तो नेता विश्वमै छैन’ भनेको विचारलाई नयाँ शक्तिको आधिकारिक वेवसाइटमा राखिएको छ र त्यस्तै विचार अरुलाई पनि व्यक्त गर्न भनिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger