Latest Updates :

आफैंले मारेको पतीको लाशलाई सुटकेसमा हालेर पत्नी गइन् ब्युटीपार्लर

SHARE THIS POST :

 पंजाबको मोहालीमा आइतबार बिहान एउटा लाश भेटियो। लाश थियो त्यही घरमा १५ दिनअघि बस्न आएका एकम ढिल्लोको। सुरुमा उनलाई कुटपिट गरेर जबरजस्ती बाथरुम लगेर गोली हानिएको थियो। त्यसपछि ६ फिट साढे ३ इन्चका उनको लाशलाई २ बाइ साढे २ फिटको सुटकेसमा हालेर उनकी पत्नी सीरत कतै ठेगान लगाउन लैजान लागिन्।

सुटकेसलाई कारमा राख्न सीरत एक्लैको लागि सम्भव थिएन। उनले अटो ड्राइभरसँग मद्दत मागिन्। अटो ड्राइभरको हातमा रगत लागेपछि उनले हल्ला गरे। हल्ला भएपछि सीरत त्यहाँबाट भागिन्। उनले भागेर गएपछि आफ्नो भाइलाई फोन गरिन् अनि ब्युटीपार्लर गइन्। त्यति बेलासम्म पुलिस उनको खोजीमा जुटिसकेको थियो। चंडीगढमा आफ्नो साथीकहाँ पुगेकी सीरतलाई प्रहरीले गिरफ्तार गर्‍यो।

हत्याको कारण लभ ट्र्याङगल भएको बताइएको छ। सीरतको आफ्नो भाइको साथीसँग सम्बन्ध थियो। यही कारणले योजनाबद्ध तरिकाले पतिको हत्या गरिएको प्रहरीले जनाएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger