Latest Updates :

हेर्दा भलाद्मी जस्ता देखिन्छन् तर रहेछन् पाकेटमारा, पाकेट मारेर दैनिक २० हजार सम्म कमाउने

SHARE THIS POST :

काठमाडौंको सडकमा बुलेट मोटरसाईकल चढेर हिँड्ने, झट्ट हेर्दा हुनेखाने परिवारको जस्ता देखिने दुई युवाहरु पाकेटमाराको अभियोगमा पक्राउ परेका छन् ।

आईतबार साँझ ४ बजेतिर कोटेश्वर प्रहरीले तिनकुनेबाट नियन्त्रणमा लिएको सिमीयोन तामाङ्ग र सुमन तामाङ्ग झट्ट हेर्दा भलाद्मी जस्ता देखिएपनि लामो समयदेखि पाकेटमारा पेशामा संलग्न भएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१९ स्थायी घर भएका सिमियोन तामाङ्ग र काभ्रेको पनौती स्थायी घर भएका सुमन तामाङ्ग विगत लामो समयदेखि कोटेश्वर–माईतिघर रुटमा पाकेटमारा धन्दा गर्दै आएको प्रहरी स्रोतको भनाई छ ।

पनौति नगरपालिका–२ का सुमनले धनाढ्य परिवारकी छोरी विवाह गरेका छन् । राजधानीको जडीबुटीमा ब्यापार ब्यवसाय गर्दै आएको उनको ससुराली परिवार करोडपतीको क्याटागोरीमा पर्छन् । तिनै करोडपतिका ज्वाईं सुमनले पक्राउ परेसँगै विगत नौ महिनादेखि कोटेश्वर–माईतिघर सड्क खण्डमा पाकेट मार्दै हिँड्ने गरेको प्रहरीसँग स्विकार गरेका छन् ।

प्रहरीका अनुसार सिमियोन र सुमन बुलेट मोटरसाईकल चढ्थे । तिनकुनेबाट एउटा साथी सार्वजनिक गाडीमा पाकेट मार्न चढेपछी बुलेट मोटरसाईकलले गाडीलाई पछ्याउँथ्यो, काम सकिएपछि ओर्लेर बुलेट चढेर हिँड्थे । दिनमा करिब दुई घण्टा मात्र पाकेट मार्ने उनिहरुको रुटिन थियो ।

सुराकीको आधारमा पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ । सिमीयोन र सुमनको आर्थिक हैसियत निकै माथि उठीसकेको प्रहरीले जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger