Latest Updates :

आगोको मुस्लो उडेपछि विराटनगर विमानस्थल डेढ घन्टा अवरुद्ध

SHARE THIS POST :

विराटनगर एयरपोर्टमा पत्पती धुँवाको मुश्लो उडेको थियो।सुरक्षाकर्मी निकै हतार गर्दै त्यो मुश्लो भएतिर दौडी रहेका थिए।दुर्घटनामा परेकालाई जोगाउने ध्यानमा थिए उनीहरु।कालोधुँवा र आगोको मुश्लोले आकाश झन् ढाक्दै थियो।

एयरपोर्टतिरै दमकल र एम्बुलेन्स पनि दौडिरहेका थिए।एयरपोर्ट सिल गरिएको थियो।प्लेन आवत जावत पूर्णत ठप्प बनाइयो।विराटनगर विमानस्थलमा अवतरण गर्न लागेका प्लेनहरु अन्यत्रै डाइभर्ट गरिएको थियो।
निकै हतासपूर्ण रुपमा दुर्घटनालाई सामान्यीकरण गर्न नागरिक उड्डयन कार्यालयका कर्मचारी पनि खटिएका थिए।कोही स्टेचर बोकेर रनवेतर्फ दौडदै थिए भने कोहीले प्राथमिक उपचारका औषधि साथै बोकेका थिए।विमानस्थलमा आगोको मुस्लो उड्न सुरु भए लगत्तै विमानस्थल सिल गरिएको थियो।

आपतकालीन योजनाको पूर्णकालीन अभ्यास अन्तर्गत वैकल्पिक घटना बनाएर उद्धारको नक्कल गरिएको थियो।यो दुई दुई वर्षमा हुन्छ।भद्रपुरबाट विराटनगर हुँदै काठमाडौका लागि उडेको विमानमा खराबी आएपछि फोर्स ल्यान्डिङ गराइएको थियो।नक्कल गर्न खाडलमा पेट्रोल र अन्य वस्तु हालेर नक्कल गरिएको थियो।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी पनि उद्दारमा खटिएका थिए।५ एम्बुलेन्स र दुई दमकल चलाइएको थियो।चार एम्बुलेन्स बाहिरबाट आएका थिए।दमकलले तुरुन्तै आयोग निकाएको थियो।यो अभ्यासका लागि विराटनगर एयरपोर्ट डेढ घन्टाका लागि बन्द गरिएको थियो।यसबाट बुद्ध एयरको एउटा उडान प्रभावित बनेको छ।नेपाल नागरिक उड्डयन कार्यालय विराटनगरका सूचना अधिकारी सूचना अधिकारी सन्तोष ढकाल भने,‘दुर्घटनाको जोखिम भए कसरी रेस्क्यू गर्ने भन्ने पूर्वअभ्यास हो।’

नेपालमा हवाई सुरक्षाको विषयमा अन्र्तर्राष्ट्रिय रुपमा पनि चर्को रुपमा आवाज उठ्न गरेको छ।उड्डयन सुरक्षा सम्बन्धी प्रदर्शनीका क्रममा बुधबार विराटनगर एयरपोर्टमा योजनागत रुपमै आगो लगाइएको थियो।कुनै प्लेन दुर्घटना भएको नक्कल गरिएको थियो।
रनवे छाड्न लाग्दा वा अवतरण गर्दा प्लेन दुर्घटनामा परे कस्तो तयारी गर्ने भन्ने विषयमा ‘डेमो’ गरिएको नागरिक उड्डयन कार्यलय विराटनगरले जनाएको छ।

नेपाल नागरिक उड्डयन कार्यालयका प्रमुख सूचना अधिकृत ढकालले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने,‘कुनै घटना भए त्यसको कसरी तयारी गर्ने भन्ने तयारी स्वरुप यो डेमो गरिएको हो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger