विश्व फुटबलमा चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलले फरक किसिमबाट सम्मान गर्ने भएको छ । पोर्चुगल सरकारले राष्ट्रिय फुटबल टिमका कप्तान रोनाल्डोको नाममा विमानस्थलको नामाकरण गर्ने भएको हो ।
स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोको नाममा पोर्चुगल सरकारले उनी जन्मेको ठाउँ माडेइराको आन्तरिक विमानस्थल 'द एरोपोर्टो माडेइरा' लाई रोनाल्डोको नामामा नामाकरण गर्ने भएको हो ।
बुधबार एक कार्यक्रमको आयोजना गरी विमानस्थललाई रोनाल्डोको नाममा नामाकरण गर्ने भएको छ, जहाँ रोनाल्डोको समेत उपस्थिती रहने बताईएको छ ।
स्पेनिस क्लब रियल मड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका ३१ वर्षीय रोनाल्डोले राष्ट्रिय टोलीबाट १३८ खेलबाट ७१ गोल गरिसकेका छन् ।
रोनाल्डोले चार पटकसम्म बेलन डिुओर जितिसकेका छन् ।
Post a Comment