पहिले-पहिले गाउँघरतिर घरका सानासाना केटाकेटीको पेट घोच्दा वा दुख्दा घरकी हजुरआमा तथा हजुरबाले आफ्ना नानीहरुलाई बिरेनुन चुस्न दिने गर्दथे।
अपचका कारण केटाकेटीलाई झाडापखाला लागेमा पनि बिरेनुन सहितको पानी बनाएर औषधीका रुपमा दिने गर्थे। तर यो घरेलु ओखतीको ठाउँ आजभोली आधुनिक औषधीले दिइसकेको भएता पनि बैज्ञानिकहरुले बिरेनुनमा दर्जनौ रोगहरुबिरुद्ध लड्नसक्ने क्षमता रहेको औंल्याएका छन्।
बिभिन्न थरिका रोग निको पार्न बिरेनुन संसारमा सबैभन्दा उत्तम नुन साबित भएको छ। प्राचिन काल देखिनै मानव सभ्यतामा बिरेनुनलाई अति मूल्यवान मानिदै आइएको छ। त्यसैलाई आधार मानेर हुनसक्छ कतिपय खानेकुरामा यो नुनको प्रयोग आजभोली पनि गर्ने गरिन्छ।
त्यसो त बिरेनुनको स्वादका कारणले पनि हुनुपर्छ यसका पारखीहरु धेरै छन्। जस्तै चनाचटपटी, पानीपुरी, समोसाको अचार लगायतका चटपटे स्वादका खानेकुरामा यसको मीश्रणकै कारण मानिसहरुको मन लोभ्याउन बिरेनुन सफल भएको हो।
Post a Comment