Latest Updates :

नेपालगञ्जमा एमाले अभियान, बसमा पेट्रोल बम प्रहार.........हेर्नुहोस भिडियो सहित

SHARE THIS POST :

नेपालगन्ज । नेकपा एमालेको मेची–महाकाली अभियान आज नेपालगञ्ज पुग्दा त्यहाँ तनाव भएको छ। अभियान रोक्न मोर्चाले बन्द आव्हान गरेर सडकमा सवारी साधन जलाउने सम्मका गतिबिधि गरेका छन्।

नेपालगन्जमा एमाले सभामा सहभागी हुनका लागि आएका सवारीमा मधेसी मोर्चा सम्बद्ध कार्यकर्ताले अवरोध गरेका छन्। सभा स्थलमा जान लागेका बसमा पेट्रोल वम प्रहार भएको छ।

दाङको तुल्सीपुरतर्फ जाँदै गरेका एक बसमा आगजनी गरिएको छ। भे १ ख २०४२ नम्बरको बसमा बम हान्दा सामान्य क्षति पुगेको छ। एक समूहले बसमा आगजनी गरेर भागेका प्रहरीले जनाएको छ। वम हान्नेहरूको खोजी भैरहेको छ। स्थिति सामान्य बनाउन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger