Latest Updates :

एमाले कार्यकर्ता पुर्‍याएर फर्किएको गाडीमा मोर्चाका कार्यकर्ताले गरे तोडफोड

SHARE THIS POST :

बाँके, चैत १ – मधेसी मोर्चाका कार्यकर्ताले बाँकेको खजुरा बजारमा एमाले कार्यकर्ता पुर्‍याएर फर्किएको खाली गाडीमा तोडफोड गरेका छन् । मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत मंगलबार नेकपा एमालेले नेपालगञ्जमा सभा गर्ने तयारी गरेको हो ।

सभामा सहभागी हुन आएका एमाले कार्यकर्ता पुर्‍याएर फर्केको गाडीमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेको प्रहरीले जनाएको छ ।
नेपालगन्जको कारकादोमा रहेको सडक डिभिजन परिसरमा केहिबेरमा सुरु हुने सभाका लागि एमाले कार्यकर्ताहरु भेला भएरहेका छन् । सभामा झण्डै ५० हजार जनाले सहभागिता जनाउने एमालेले दावि गरेको छ ।

एमालेको सभालाई लक्षित गरी मधेसी मोर्चाले बाँके बन्द आह्वान गरेपनि बन्दको प्रभाव समान्य देखिएको छ । सभालाई लक्षित गर्दै नेपालगन्जमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । सभाका लागि एमालेका शिर्ष नेतासहितको टोली सोमबार नै बाँके पुगिसकेको छ ।
उज्यालो अनलाइनबाट साभार गरिएको |

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger