Latest Updates :

जब बलात्कार, सेक्स स्क्यान्डल, अश्लिल भिडियोजस्ता मुद्दामा फसेर बदनाम भए यी १२ बलिउड सेलिब्रिटी

SHARE THIS POST :

आलिया–वरुण स्टारर फिल्म ‘बद्रीनाथकी दुल्हनिया’ ले बक्स अफिसरमा राम्रो कमाई गरिरहेको छ । फिल्ममा नायिका श्वेता प्रसाद बसुले पनि काम गरेकी छिन् । उनी फिल्ममा उर्मिलाको भूमिकामा देखिएकी छिन् । श्वेता ती नायिका हुन् जसको सेक्स स्क्यान्डलमा नाम आइसकेको छ । सन् २०१४ मा हैदराबादको बंजारा हिल्समा एक सेक्स स्क्यान्डलमा श्वेताको नाम सार्वजनिक भएको थियो । दुई महिनासम्म ‘रेस्क्यू होम’ मा बिताएपछि उनी घर फर्किएकी थिइन् । यद्यपी, श्वेतालाई हैदराबादको सेशन कोर्टले यो मुद्दामा क्लिन चिट दिएको थियो ।श्वेताले ‘मकडी’, ‘इकबाल’, ‘वाह लाइफ हो तो ऐसी’ जस्ता बलिउड फिल्ममा काम गरिन् । त्यसपछि उनले साउथ नायिकाको रुपमा आफ्नो पहिचान बनाइन् । सेक्स र्याकेटमा नाम मुछिएपछि अहिलेसम्म उनको कुनै पनि फिल्म आएको थिएन । यद्यपी, अप्रिल सन् २०१८ मा श्वेताका बवाले उनी चाँडै नै करन जोहरको नयाँ फिल्ममा देखिनेछिन् भनी संकेत दिएका थिए । हुन त बलिउड स्टार्सको सेक्स स्क्यान्डल, बलात्कार र अश्लिल भिडियोजस्ता मुद्दामा फस्नु कुनै नौलो कुरा होइन । योभन्दा पहिले थुप्रै सेलिब्रिटी यस प्रकारको मुद्दामा फसिसकेका छन् ।

साइनी अहुजाः

सन् १९७३ को मे १५ तारिखमा देहरादून, उत्तराखण्डमा जन्मिएका साइनी अहुजामाथि सन् २००९ मा उनकै सहयोगीले बलात्कारको आरोप लगाएकी थिइन् । त्यसपछि उनको करियरमा विराम लागेजस्तै भएको छ । उनका सहयोगीका अनुसार जब साइनीकी श्रीमती शहरमा थिइनन् तब उनले साइनीले आफूलाई बलात्कार गरेको आरोप लगाइन् । यद्यपी, साइनीले यो कुराको लगातार खण्डन गरिरहने तर डीएनए परिक्षणपश्चात् बलात्कार पुष्टि भएको थियो । त्यसपछि साइनी करिब तीन महिना जेलमा बसे । त्यसपछि उनलाई ५० हजारको नीजि मुचुल्कामा रिहा गरियो । सन् २०११ मा उनलाई सात वर्षको जेल सजायँ पनि तोकिदिएको छ जसविरुद्ध साइनीले सर्वोच्च अदालतमा अपिल गरे । यो मुद्दा अहिले अदालतमा छ ।

अहिलेसम्म सफल कमब्याक हुन सकेनः

– बलात्कारको आरोप लागेपछि साइनीको एक फिल्म ‘गोस्ट’ सन् २०१२ मा रिलिज भयो जुन फ्लप भयो । त्यसपछि सन् २०१५ मा फिल्म ‘वेलकम ब्याक’ पनि उनले क्यामियो गरे । यो फिल्म हिट त भयो तर यसले साइनीलाई कुनै फाइदा भने दिलाएन ।

सन् २००३ मा गरेका थिए बलिउडमा डेब्यूः

साइनीले सन् २००३ मा ‘हजारों ख्वाहिशें ऐसी’ बाट बलिउडमा डेब्यु गरेका थिए । जसका लागि उनले फिल्मफेयरको बेस्ट डेब्यू अवार्ड पनि पाएका थिए । त्यसपछि उनले ‘ग्याङ्गस्टर’, ‘वो लम्हे’, लाइफ इन अ मेट्रो’ र ‘भूल भुलैया’ जस्तो हिट फिल्ममा काम गरे ।आदित्य पंचोलीः घरकी सहयोगीलाई बलात्कारको आरोपमा गुमाए प्रेमिका

आदित्य पंचोली विवादले घेरिएका व्यक्तित्व हुन् । उनीमाथि आफ्नै घरकी सहयोगीमाथि बलात्कार गरेको आरोप लाग्यो । त्यतिबेला आदित्य र पूजा बेदी सम्बन्धमा थिए र आदित्यको यस्तै व्यवहारका कारण पूजाले उनीसँगको सम्बन्ध समाप्त गरिदिइन् । यो कुरा पूजाले एक अन्तर्वार्तमा खुलासा गरेकी हुन् ।अमन वर्माको स्टिंगः

‘इंडियाज मोस्ट वान्टेड’ को स्टिंग अपरेशनमा टेलिभिजन र फिल्म अभिनेता अमन वर्मा पनि एक महिलालाई यौनहिंसा गरिरहेको भेटिए । अमन बर्माले त्यतिबेला आफूमाथि लागेको कास्टिङ काउचको आरोपलाई अस्विकार गरे र यसमा उनले बलिउडका विभिन्न सेलिब्रिटीको समर्थन पनि पाए । यसमा सलमान खान पनि उनको बचाउमा समावेश भए तर भिडियोमा उनले स्पष्ट रुपमा एक युवतीलाई यौन हिंसा गरिरहेको देख्न सकिन्थ्यो । यो विवादले पनि निकै चर्चा पाएको थियो ।

अश्मित पटेर रिया सेन एमएमएस काण्डमा फसेका थिएःअश्मित पटेर रिया सेन एमएमएस काण्डमा फसेका थिएः

अश्मिल पटेल र रिसा सेनको एमएमएस एकपटक निकै भाइरल भएको थियो । उक्त एमएमएसमा यी दुबै निकै नजिक देखिएका थिए । दुबैको यो एमएमएस उनीहरुको फिल्म  ‘सिलसिले’ को रिलिजको केही दिन पहिले सार्वजनिक भएको थियो जसका कारण दुबैले यसलाई फिल्मको अंश भनेर यसलाई अफवाहको संज्ञा बताए । तर दुबैको यो एमएमएसका कारण ठूलै बदनामी भयो ।

ममता कुलकर्णीः राजकुमार संतोषीमाथि लगाएकी थिइन् आरोपममता कुलकर्णीः राजकुमार संतोषीमाथि लगाएकी थिइन् आरोप

ममता कुलकर्णीले राजकुमार संतोषीमा आफ्नो स्थानको फाइदा उठाएर उनीमाथि यौनहिंसा गरेको आरोप लगाइन् । ममताको यो आरोपले फिल्म क्षेत्र र मिडियामा निकै खैलाबैला मच्चाएको थियो र बलिउडमा कास्टिङ काउचको वास्तविकता उजागर गर्यो । ममताको यो आरोपपछि राजकुमार संतोषीले उनलाई कहिले पनि फिल्ममा अभिनय गराएनन् । संयोगले यो स्क्यान्डलपछि ममताको करियर राम्रोसँग चल्न सकेन ।इन्दर कुमारः बलात्कारको आरोप लगोपछि पर्दाबाट गायबः

इन्दर कुमारमाथि सन् २०१४ को अप्रिलमा एक महिलाले बलात्कारको आरोप लगाइन् । सलमानका विशेष साथी मानिने यी नायकलाई पक्राउ पनि गरियो । यद्यपी, सन् २०१४ को जून महिनामा उनले जमानत पनि पाए । इन्दर सन् २००९ सम्म फिल्ममा निकै सक्रिय थिए । सलमानसँग उनले ‘वान्टेड’ मा काम गरेका थिए ।

तब्बूकी बहिनीले ज्याकी श्रोपमाथि लगाइन् आरोपःगायक अंकित अधिकारी पनि गइसकेका छन् जेलः

‘आशिकी –टु’ को चर्चित गीत ‘सुन रहा हे ना तु’ गीतबाट चर्चा कमाएका गायक अंकित तिवारी र उनका भाइलाई मुम्बईको वर्सोवा पुलिसले बलात्कारको आरोपमा पक्राउ गरेको थियो । उनलाई यस्तो आरोप उनकी महिला साथीले लगाएकी थिइन् । अंकितमाथि धोका, बलात्कार र धम्की दिएको आरोपमा मुद्दा दर्ता भएको थियो । यो मुद्दामा अहिले पनि अदालतमा सुनुवाई भइरहेको छ ।शो म्यानमाथि पनि लाग्यो दागः

९० को दशकमा सुभाष घईमाथि नायिका मनिषा कोइरालाकी आमाले यौनहिंसाको आरोप लगाइन् । यो खबर बलिउडको हट टपिक बनेको थियो । यद्यपी, मनिषाले कहिले पनि यस विषयमा केही कुरा गरेकी छैनन् र यो स्क्यान्डलपछि मनिषा र सुभाष घईलाई सँगै काम गरेको देखिएको छैन ।

शक्ति कपूरको स्टिंगमा भयो कास्टिङ काउचको खुलासाःशक्ति कपूरको स्टिंगमा भयो कास्टिङ काउचको खुलासाः

सन् २००५ मा बलिउडका रिल लाइफका भिलेन शक्ति कपूर वास्तविक जीवनमा पनि भिलेनको रुपमा देखिए । वास्तवमा, एक स्टिंग अपरेशनमा शक्ति कपूरले फिल्ममा रोल दिलाउने लोभमा एक महिलालाई यौनहिंसा गरिरहेको दृश्य क्यामरामा कैद गरिएको थियो । यसले खुब चर्चा बटुलेको थियो ।

इरफानले पनि झेले यस्तो दागःइरफानले पनि झेले यस्तो दागः

बलिउडमा निकै क्षमतावान नायक इरफान खानमाथि पनि उनकै सहकर्मीले यौनहिंसा गरेको आरोप लगाएकी थिइन् । अभिनेत्री ममता पटेलले फिल्म ‘पान सिंह तोमर’ को आउटडोर सुटिङको क्रममा इरफानले उनलाई बलिउडमा काम दिलाउने लोभमा उनको शोषण गरेको आरोप लगाएकी थिइन् ।

हाई प्रोफाइल सेक्स र्याकेटमा पक्राउ परिन् श्रावणीःहाई प्रोफाइल सेक्स र्याकेटमा पक्राउ परिन् श्रावणीः

तेलुगु धारावाहिक ‘हिमाबिन्दु’ र ‘लाया’ मा काम गरिसकेकी नायिका श्रावणीलाई एक हाई–प्रोफाइल सेक्स र्याकेटमा सन् २०१३ को अक्टोबर ३ तारिखमा मधापुरमा रंगेहात पक्राउ गरिएको थियो । यतिमात्र होइन, जयराज स्टिलका मालिक संजन कुमार गोयनकालाई पनि पक्राउ गरिएको थियो । पुलिसले घटनास्थलबाट २ लाख रुपैयाँ नगद पनि बरामद गरेका थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger