Latest Updates :

फोन काट्ने बानी छ ? हटाई हाल्नुहोस् : तपाइलार्इ जेल सजाय पनि हुन सक्छ !

SHARE THIS POST :

के तपाईंको फोन काट्ने बानी छ रु छ भने अब बानी बदलि हाल्नोस् नत्र मोबाईल कामै नलाग्ने गरी बिग्रन सक्छ । त्यतिमात्र हैन, तपाईंले फोन काट्नु भएमा कानुनी झमेलापनि ब्यहोर्नु पर्ने हुनसक्छ । International Hand Phone User’s Association (IHPA) ले यो घोषणा गरेको हो । बिभिन्न देशका मोबाईल उत्पादक कम्पनी तथा त्यहाँको सरकारबिच यस बिषयमा गंभीर छलफल चलिरहेको (IHPA) ले जनाएको छ ।
गतसाता चिनमा प्रेमिकाले आफ्नो Call Reject गरेपछि छु चो नामका एक प्रेमीले झण्डै उल्टो टाई लगाएका थिए । त्यसैगरी अमेरिकामा स्कुल गएको छोरोलाई कल गर्दा Reject भएपछि अपहरणको शंकामा अविभावकले प्रहरीमा उजुरी गरेका थिए । छोरा छोरीलाई फोन गर्दा काट्ने र खोज्दै जाँदा लागु पदार्थमा डुबेको भेटिने प्रबृति बढेपछि सरकारले Call Reject Anti Law ल्याउन लागेको हो । नेपालमै पनि आफ्नो पैसा फिर्ता माग्न कल गर्दा फोन काट्नेहरु धेरै देखिएकोले यो कानुन बन्न सक्ने  छ ।

स्वाश्थ्यको दृष्टिकोणले पनि फोन काट्नु खतरनाक मानिएको छ । जस्तो: कुनै काममा बिजी हुनुहुन्थ्यो, त्यसैबेला कसैको फोन आयो । तर, तपाईंले फ्याट्टै फोन काटिदिनु भयो । यो कार्य तपाईंका लागि सामान्य भएपनि कल गर्नेका लागि घातक हुनसक्छ । गंगालाल हृदयरोग केन्द्रका डा.चन्द्रमणी अधिककारीका अनुसार, आफ्नो कल रिजेक्ट हुँदा कलरको हृदयमा ‘Ignorine’ नामक रसायन पैदा हुने गर्दछ, जसको कारण ब्यक्तिमा हृदयघातको संभावना रहन्छ।


कति गंभीर बिषयमा कुरा गर्न फोन गरेको हुन्छ, तपाईंले कुखुरा काटेझैं च्वाट्ट फोन काटिदिंदा फोन गर्नेको दिमागमा ‘Dominationer’ तरंग उत्पन्न हुने रसायनविदहरु बताउँछन् । यो तरंगले ब्यक्ति कन्फ्युज बन्न पुग्छ । रिसाएर फोन काटेको हो कि, नजानेर काटेको हो कि, बिग्रएको हो कि, ब्यक्ति अपहरणमा परेको हो किजस्ता अनेक तर्कनाले कलरलाई ‘कन्फ्यूजीकरण’ नामक मानसिक रोग लाग्ने जनस्वाश्थ्य बिशेषज्ञ डा. रवीन्द्र सम्मीरको कुतर्क छ ।

बिभिन्न देशका सरकारहरु ‘एनटी कल रिजेक्ट कानुन’ बनाउन तम्सिएपछि मोबाईल उत्पादक कम्पनीहरु पनि गंभिर बनेको छन् । आइफोन तथा सामसुंग कम्पनीले आजै संयुक्त बिज्ञप्ती जारी गर्दै भनेका छन्-‘मान्छे काट्नु, कुरा काट्नु र फोन काट्नु सबै पाप हुन्, अज्ञान हुन् र असामाजिक हुन् । हाम्रो उत्पादन प्रयोगकर्ताहरुले यस्तो गरेमा उप्रान्त तपाईंको मोबाईल कामै नलाग्ने हुनसक्छ ।’

त्यसैगरी International Hand Phone User’s Association (IHPA)ले भनेको छ, ‘फोन काटेर असभ्य र असामाजिक नबन्नुहोला । हरेक सेटमा ‘साईलेन्ट मोड’ भन्ने हुन्छ, त्यो मोड एक्टिभ गर्न सक्नुहुन्छ ।भाइब्रेसनमा राखेपनि हुन्छ । हदै बिजी भए ‘स्वीच अफ’ गरे हुन्छ । दुई सेकेन्ड फुर्सद भए ‘कल यु लेटर’को ‘अटो मेजेस’ पठाउन सक्नुहुन्छ । कुरा गर्नै मन छैन भने ‘ब्लक लिष्ट’ बनाएपनि हुन्छ । तर, फ्याट्ट फोन काट्ने बानीचाहीं साह्रै गलत भएकोले ठट्टै ठट्टामा लट्टा पारिदिएको छु ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger