Latest Updates :

शंकाले जलायो लंकाः कोदालोले हानेर श्रीमतीको हत्या

SHARE THIS POST :

दक्षिण दिल्लीको संगम विहारमा बुधबार राती एक ३० वर्षीया महिलाको आफ्नै श्रीमानले हत्या गरिदिएका छन।
पुलिसका अनुसार श्रीमानले श्रीमतीलाई विवाहेत्तर सम्बन्ध भएको आशंकामा उनको हत्या गरेका हुन् । आरोपी ३५ वर्षीय अनिश अलीलाई बिहिबार पक्राउ गरिएको  पुलिसले जानकारी दिएको छ ।

कोदालोले हानेर श्रीमतीको हत्या गरेपछि अनिशले श्रीमतीको शवलाई ब्याङ्केटले बेरेर बोरामा कोचेको पुलिसले बताएको छ । त्यसपछि उनले भुईंमा र भित्तामा लत्पतिको रगत सफा गरेर नजिकैको जङ्गलमा फ्याँक्न खोजेको बताइएको स्रोतले बताएको छ ।रगत सफा गरेर नजिकैको जङ्गलमा फ्याँक्न खोजेको बताइएको स्रोतले बताएको छ ।

‘तर उनले तुरुन्त आफ्नो सोच परिवर्तन गरेर शवलाई नजिकैको घरको भर्याङ मुनी लुकाए,’ पुलिसले जानकारी दियो ।

चिन्मोय बैसवाल, एडिसनल डेप्युटी कमिस्नर अफ पुलिस, ले महिलाको शव स्थानीयले देखेपछि घटनाबारे स्थानीय समयानुसार बिहानको ७ बजेर ४४ मिनेटरमा थाहा भएको जानकारी दिए ।

‘शवको टाउको, अनुहारको बायाँ भागमा र काँधमा निकै गहिरो र थुप्रै चोट लागेको छ । स्थानीयका अनुसार उनको नाम नरगिस बताए, ’ बिस्वालले बताए ।

अनुसन्धानको क्रममा पुलिसले नर्गिसको घरको पहिलो तल्लामा रगतको दागसमेत पायो ।

श्रीमतीको हत्या गरेपछि पनि अनिश खुल्ला रुपमा घुम्ने गरेको स्थानीयले बताए । सोधपुछका क्रममा अनिशले आफूले श्रीमतीको हत्या रिसको झोंकमा गरेको स्विकार गरे ।

राती आफूहरुबिच विवाद भएको र विवादपछि नरगिसले चुरोट पिउन लाग्ला उनलाई कोदालोले थुप्रै पटक टाउकोमा हानेको जसका कारण उनको घटनास्थलमा नै मृत्यु भएको उनले पुलिसलाई सोधपुछका क्रममा बताए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger