काठमाडौंको गुर्जुधारामा केहीबेर अगाडि भयानक दुर्घटना भएको छ। दुर्घटनामा ट्याक्सीमा सवारको मृत्यु भएको अपुष्ट खबर छ।
थानकोट हुँदै काठमाडौं भित्रिएको ट्रक अनियन्त्रित हुँदा अन्धाधुन्दा अरु गाडीसँग ठोक्किएको थियो।
ना ३ ख ९७७३ नम्बरको ट्रकले बा १ ज ७९६७ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको हो। ट्रकले अन्य केही सवारी साधनमा पनि क्षति पुर्याएको छ।
ट्रकले ट्याक्सी सहित अन्य गाडीलाई पनि ठक्कर दिएको स्थानीयले बताएका छन्।
अनियन्त्रित भएर गुडेको ट्रकले ट्याक्सी र साना गाडी हान्दै ठूलो ट्रकसँग जुधेको थियो।
प्रहरीले घाइते अवस्थामा केही अस्पताल पुर्याएको जनाएको छ।
Post a Comment