Latest Updates :

चिनियाँमूलका एकजना स्थानीय बासिन्दा प्रहरीद्वारा मारिएपछि चिनियाँहरु अत्यन्त क्रुद्ध, पेरिस तनावग्रस्त

SHARE THIS POST :

चिनियाँमूलका एकजना स्थानीय बासिन्दा प्रहरीद्वारा मारिएपछि राजधानी पेरिस तनावग्रस्त बनेको छ । फ्रान्समा रहेका चिनियाँ आप्रवासीहरु तथा चीन सरकारले समेत फ्रान्सेली प्रहरीको यस्तो रबैयाप्रति कडा आपत्ति जनाएका छन् । सरकारी विरोधी प्रदर्शनको दोश्रो दिन गतः मङ्गलबार राति पेरिसको उत्तरपूर्वी इलाकामा ठूलो सङ्ख्यामा चिनियाँ मूलका फ्रान्सेलीहरु भेला भै प्रहरी–अत्याचारको घोर विरोध गर्दै हिंसात्मक प्रदर्शनीमा उत्रेका छन् । प्रदर्शनकारीहरुले यस घटनाको उच्चस्तरीय कूटनीतिक अनुसन्धान गरिनु पर्ने र हत्यारा प्रहरीलाई कडा से कडा सजायँ दिइनु पर्ने माग समेत राखेका छन् । गतः आइतबार साँझ, चिनियाँ मूलका एकजना पेरिसवासी – ५६ बर्षीय साओयो लिउलाई उनी बस्ने अपार्टमेन्टमा पुगेर फ्रान्सेली प्रहरीले गोली हानी मारि दिएपछि फ्रान्सवासी सम्पूर्ण चिनियाँहरु आक्रोशित भै घटनाले सोच्दै नसोचेको उग्ररुप लिन पुगेको जनाइएको छ । घटनाको शुरुवाति र उत्पन्न कारणको सम्बन्धमा स्थानीय बासिन्दा, प्रदर्शनकारी तथा सरकारको आ–आफ्नै भनाई र दावी रहेको छ । मृतक लिउले नशाको सुरमा प्रहरीलाई बिना कारण ठूलो र धारिलो हतियारले प्रहार गरी मार्ने प्रयास गरेकाले आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा दुर्भाग्यपूर्वक उनको मृत्यु हुन पुगेको, प्रहरीले जानाजानी मारेको होइन भन्ने सरकारी पक्षको भनाई रहेको छ । स्थानीय बासिन्दा तथा मृतकका आफन्तहरुले भने सरकारको यस्तो भनाई प्रति आपत्ति जनाएका छन् । आफ्नो घरभित्र बालबच्चा तथा परिवारजनसँगसँगै बसी रमाइलो गर्दै बेलुका पकाएर खाने माछाको तरकारी मामूली कैंचीले काटिरहेको अवस्थामा प्रहरी जबर्जस्ती घरभित्र घुसेर अकस्मात् ताकेरै गोली हानी लिउको जानाजानी हत्या गरेको, लिउको हातमा कुनै ठूलो र धारिलो हतियार पनि थिएन, कसैलाई कुनै चोट पनि पु¥याएको थिएन, प्रहरीले नै उनको ठाडो र निर्मम हत्या गरेको भन्छन् उनीहरु । अत्यन्त आक्रोशित प्रदर्शनकारीहरुद्वारा गतः सोमबार राति पेरिसमा गरिएको हिँसात्मक विरोध प्रदर्शनले भयानक रुप लिएको, घण्टौंसम्म भएको झडपमा तीनजना प्रहरी अधिकारीहरु नराम्ररी घाइते भएका, जथाभावी ढुङ्गा,मुडा गरिएको, सार्वजनिक सम्पत्ति तोडफोड गरिएको, यातायात अवरुद्ध पारिएको र सडकमा गुडि रहेका थुप्रै गाडीहरु आगजनी गरिएकाले आइतबार सोमबार समेत दुई दिनमा ७५ जनाभन्दा बढी प्रदर्शनकारीहरुलाई पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ । फ्रान्समा बसोबास गर्दै आउने एसियाली आप्रवासीहरुको संख्यामध्ये चिनियाँहरुको सङ्ख्या नै सबभन्दा बढी रहेको जनाइन्छ । करिब छ करोड साठी लाख जनसङ्ख्या रहेको फ्रान्समा बीस लाख जति चिनियाँ आप्रवासी तथा चिनियाँ मूलका पुराना बासिन्दा स्थायी बसोबास गर्दै आएका छन् । जनसङ्ख्याको यो हिस्साले आफूहरुलाई फ्रान्सेली रैथाने बासिन्दा र सरकार समेतले जहिले पनि थिचोमिचो र अन्याय गरिरहने, विदेशी हरिकङ्गालहरु भनी हेप्दै बारम्बार घृणा र अवहेलना गरिरहने, सरकारले पनि कहिल्यै कुनै सामाजिक संरक्षण उपलब्ध नगराउने चीरपरिचित पुरानै गुनासो दोहो¥याउँछन् उनीहरु । यता, चीन सरकारले बेइजिङ्गस्थित फ्रान्सेली राजदूतावाससँग उक्त घटनाको कारण र मानव क्षतिका सम्बन्धमा स्पष्टिकरण मागेको छ । चीनले फ्रान्सेली सरकारसँग उक्त घटनाको गहिराइसम्म पुगी छानबीन गर्न र चिनियाँ नागरिकले विश्वको जुनसुकै कुनामा शान्तिपूर्ण मार्गबाट आफ्ना भावना र आकाङ्क्षाहरु ब्यक्त गर्न पाउनु पर्ने माग गरेको चिनियाँ बिदेश मन्त्रालयका प्रवक्ता ह्वा चुन्यिङगले जानकारी दिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger