Latest Updates :

४६ लाख चिनियाँ जोडीको सन् २०१६ मा सम्बन्धविच्छेद

SHARE THIS POST :
२०७३- सन् २०१६ मा चीनको सर्वोच्च अदालत (एसपिसी) ले करिब १४ लाख चिनियाँ जोडीको सम्बन्धविच्छेदको मुद्दाको सुनुवाइ गरेको छ ।
एसपिसीमा आइपुगेका सम्बन्धविच्छेदका यी मद्दाहरुबाहेक सन् २०१६ मा ३४ लाख ६० हजार चिनियाँ जोडीले नागरिक मामिला अधिकारीमार्फत सम्बन्धविच्छेद गराएको एसपिसी वरिष्ठ अधिकारी डु वान्हुआ गत आइतबार भएको एक पत्रकार सम्मेलनमा बताए ।

डुका अनुसार पारिवारिक विवादको राम्रो मध्यस्थताको लागि अदालतका अधिकारीहरुले सामाजिक विज्ञान र मनोविज्ञानको अध्ययन गर्नुपर्ने आवश्यक रहेको बताए ।

सन् २०१५ मा नागरिक मामिला अधिकारीमार्फत ३१ लाख ५० हजार चिनियाँ जोडीको सम्बन्धविच्छेद गराएका थिए ।

त्यसैगरी सन् २०१४ मा २९ लाख ६० हजार चिनियाँ जोडीले नागरिक मामिला अधिकारीमार्फत सम्बन्धविच्छेद गराएको चीनको नागरिक मामिला मन्त्रालयले जनाएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger