Latest Updates :

भर्खरै नेपाल प्रहरी ले ढाल्यो गुन्डालाइ

SHARE THIS POST :
 नक्कली डलर साट्ने गिरोहलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। आइतबार दिसँसो करिब ३ बजे काभ्रेको पाँचखाल नगरपालिका– ४ बोहोरे दोभान भन्ने ठाउँमा प्रहरीले ५ राउण्ड गोली चलाएको हो।सस्तोमा डलर साटिदिने भन्दै नक्कली डलर देखाई ठग्न खोज्ने गिरोहलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो। आफुहरुमाथि नै आक्रमण गर्न खोजेपछिगोली चलाइएको प्रहरीले जनाएको छ। पेस्तोलबाट पाँच राउण्ड गोली चलाइएको इन्सपेक्टर रविराज थपलियाले बताएएकान्तमा डलर साट्नुपर्ने भन्दै उनीहरुले केही व्यक्तिलाई त्यहाँ बोलाएका थिए।प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसेका बिनोद तामाङलाई पक्राउ गरेको छ। उनीबाट २५ हजार नक्कली डलर र बा ७२ प ३०९६ नम्बरको मोटरसाइकल बरामद गरेको छ। अन्य व्यक्तिहरु भागेका छन्।-नेपाल लाइभ

पोखरामा फेरी अर्को डरलाग्दो घटना, बिरामी श्रीमती कुर्न बसेका श्रीमानले घाँटी थिचेर श्रीमती मारेको आरोप (स्थलगत रिपोर्ट)(भिडियो)

घरायसी झगडाका कारण गत पौष १२ गते पोखरा १४ चाउथेकी शुशीला कार्की पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भईन् । उनलाई उनकै श्रीमान् रामबहादुर कार्कीले अस्पताल ल्याएका थिए । एक छिमेकीका अनुसार पौष ११ गते राती रुदै शुसीला उनको घरमा गईन् । श्रीमान्ले बारम्बार कुट्ने गरेको, थर्काउने गरेको र आफू मरेमा आफ्ना सन्तानलाई हेरीदिन उनले आग्रह गरेकी थिईन् ।अस्पतालले प्यालराईसिस भनेर केही समय भर्ना गरेर राख्यो । करिब २० दिन पछि शुशीला हल्का हिड्न सक्ने भईन्, उनलाई थेरापीको लागी स्पर्श आयुवेद अस्पतालमा लगीयो । शुसीलाकी आमा बाटुली पहारीका अनुसार आफूले छोरीलाई खाना खुलाएर घर पुग्दा ज्वाईले छोरी मरेको खबर दिएको बताईन् । गत बिहीबार त्यस्तो अवस्थामा छोडेर आएकी छोरी कसरी एक्कासी मरिन् भन्ने प्रशंगमा उनले श्रीमान् राम बहादुरले अर्की बिहे गर्न घाँटी थिचेर मारेको समेत आरोप लगाईन् ।शुसीलाको पार्थिव शरिर पोष्टमार्टमको लागी पश्चिमाञ्तल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ र गाउँलेहरुले रिपोर्ट नआई लास नलाने अडान लिएका छन् । गाउँका महिला दिदीबहिनीहरुले अस्पताल नै घेरेका छन् भने रामबहादुरको धेरै महिलाहरुसंग सम्बन्ध रहेकाले अर्को बिहेको लागी आफ्नी श्रीमती मारेको आरोप लगाएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger