Latest Updates :

श्रीमानको यातना सहन नसकेपछि महिलाले गरीन् आत्महत्या !

SHARE THIS POST :
महिला हिंसाविरुद्ध नेपालमा विरोध पदर्शन भइरहेको बेला भारतमा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् । उनले आफ्ना तीन छोराछोरीको लागि अन्तिम अर्ति रेकर्ड गरेर खल्तिमा हालेर आत्महत्या गरेकी हुन् ।
अछामको मंगलसेन–७ की ४० वर्षीय पवित्रा ढुंगानाले आफूलाई श्रीमानले मर्न बाध्य पारेकै कारण आफूले आत्महत्या गरेको बताएकी छन् ।
उनले मर्नुअघि रेकर्ड गरेको अडियो सार्वजनिक भएको छ ।हाल कैलाली बस्दै आएकी पवित्राले आत्महत्या भने भारतमा गरेकी हुन् । तीन छोराछोरीकी आमा पवित्रा श्रीमानसँगै बस्दै आएकी थिइन् । छोराछोरी स्कूल गएको मौका छोपी उनले आत्महत्या गरेको अडियोबाट बुझ्न सकिन्छ ।
उनले रुँदै छोराछोरीलाई अन्तिम अर्ति दिएकी छन् । स्कूलबाट फर्केपछि मेरो लाश हेर्नु । घर भन्नु भन्दै जेठो छोरालाई भाईबहिनीलाई सामाल्नु भनेकी छन् । जेठो छोरा १३ वर्षको भएको अडियोमै भनेकी छन् ।
जेठो छोरालाई भाइ र बहिनीलाई नपिट्नु, ठूलो बनाउनु, भाई बहिनीलाई समाल्नु भनेकी छन् ।ेमलाई बस्न र खान नदिएकै कारण कारण छोरा म मर्दछु, के गरु मलाई सारै भयो । भाई मामाको खोजी गएको छ, राम्रोसँग हेर्नु ।
मलाई बाच्न नदिएरै मर्दैछु । त्यसको (श्रीमान) पछाडी नजानु, मामाको घरमा जानु, राम्ररी बस्नु, साँझ आउनु मेरो लाश हेर्नु” पवित्राले अडियोमा भनेकी छन् । आफूले जन्माई दिएको र यो भन्दा बढी केही गर्न नसक्ने भन्दै काम गरेर खानु तर कसैको पनि चोरेर नखानु भनेकी छन् ।“भाई मामाको खोली गएको छ । तँ १३ वर्षको भइहाली । भाइलाई नहान्नु, ठूलो बनाउनु । मलाई रात दिन बस्न–खान नदिएर मरेकी हुँ बाबु, मेरो बेइजत भयो ।
मैले जन्म दिए, भात९दाल पकाएर खुवाए, त्यति मात्रै हो बाबु । अरु धेरै मुले परेका ९आमा नभएका० बच्चाहरु छन् । काम गरेर खानु, कसैको चोरेर नखानु । मैले कसैको एक रुपैयाँ खाएको छैन । तीन लाख मना अन्टीलाई दिएकी छु” पवित्राले रेकर्ड गरेको अडियोमा रुँदै भनेकी छन् ।
उनले आफूलाई श्रीमानले बस्न–खान र नभएकै आरोप लगाएकै कारण मरेकी हुँ । उनले करन जोशीले पनि नभएकै आरोप लगाएको बताएकी छन् । छोरी मनिसालाई हजुर आमाको घरमा बस्नु भनेकी छन् ।पवित्राले श्रीमानले आफूलाई विभिन्न आरोप लगाएर आफ्नो बेइजत गरेको अडियोमा भनेकी छन् ।
आफू मरेको खबर माइजुलाई भन्नु भन्दै सम्झना आए फोटो हुर्न छोराछोरीलाई भनेकी छन् । उनले यो रेकर्ड खल्तीमा हालेको बताएकी छन् ।“छोरा आफ्नो बाटो आफै समाल्नु । १० कट्टा जमिन छ, आफ्नो भाग लिनु । तिम्रो पढाई यति नै हो” पुष्पाले अन्तिममा भनेकी छन् ।
यस्तो समाचार छापेका छन् स्थानीय पत्रिकाले भारतको निगडीमा पवित्राले हिजो आत्महत्या गरेकी हुन् । उनी त्यहाँ श्रीमानसँगै मजदूरी गरेर छोराछोरीलाई पढाईरहेकी बताइएको छ ।प्रहरीले पवित्रका श्रीमान् र अडियोमा भनिएका करनलाई पक्राउ गरेको छ ।पवित्रा दोस्रो श्रीमती भएको हुन् । यो उनले रेकर्ड गरेको अडियोबाट पनि बुझिन्छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger