Latest Updates :

तिब्र गति को बस र स्कुल भ्यान ठोकिँदा ६ विद्यार्थी सहित ७ जनाको मृत्यु, १० गम्भीर घाइते !

SHARE THIS POST :
 एक यात्रुबहाक बसले स्कुल भ्यानलाई ठक्कर दिँदा ७ जनाको ज्यान गएको छ। दुर्घटनामा परी १० जना गम्भीर घाईते भएका छन्। विद्यार्थीलाई घर पुर्याउन स्कुलबाट हिँडेको उक्त भ्यानलाई तिब्र गतिमा आएको एक यात्रुबहाक बसले ठक्कर दिँदा ६ विद्यार्थी सहित ७ जनाको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ।

भारतको मध्यप्रदेशमा पर्ने सतना जिल्लामा भएको उक्त डरलाग्दो सडक दुर्घटनापछि क्षतविच्छेद अवस्थामा रहेका शव र घाईतेलाई स्थानीवासी र प्रहरीले उद्धार गरेका छन्।

अहिले १० जना गम्भीर घाईतेको स्थानीय अस्पतालमा उपचार भईरहेको छ भने मृतकको पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger