Latest Updates :

प्रेमी सग मिलेर आफ्नै श्रीमतीले मारिन तेजलाइ ! सब यस्तो अवस्थामा भेटियो

SHARE THIS POST :
कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् । कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी लक्ष्मी बडेलाले गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको प्रहरीले जनाएको छ ।

तेजबहादुर र लक्ष्मीले गत वैशाख महिनामा मागी विवाह गरेका थिए । यही असार ८ गते श्रीमती लक्ष्मीसहित तेजबहादुर ससुराली गएका थिए । सोही रातिदेखि तेजबहादुर वेपत्ता भए । सुरुमा आफन्तले खोजी गरेपनि फेला नपरेपछि दुई दिनपछि अर्थात असार १० गते प्रहरीलाई खबर गरे ।

त्यसलगत्तै अनुसन्धान गरेको प्रहरीले भासु भिरमा तल खसालेर मारेको पत्ता लगाएको र हत्यामा संलग्न दुवै जनामाथि थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार दीपक र लक्ष्मीले पहिलादेखि नै एकअर्कालाई मन पराउँथे । लक्ष्मीले दीपकसँग विवाह गर्न चाहेपनि परिवारले नमानेर कञ्चनपुरका तेजबहादुर विष्टसँग विवाह गरिदिएका थिए ।

जसरी पनि एक अर्काको हुने भनेर कसम खाएका उनीहरुले असार आठ गते राति तेज बहादुरलाई घुम्न जाने बहानामा भिमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु भिरमा पुर्याएर रडले टाउकोमा हानेर विष्टलाई उनी सवार म १ प ७४७७ को मोटरसाइकलसहित तल खसालेर फर्किएको घिमिरेले बताए ।

प्रहरी अहिले घटनास्थलमा छ । प्रहरी उपरीक्षक घिमिरेले घटनास्थलसम्म पुग्न निकै कठिनाइ रहेको बताए । मोटरसाइकल र मृतक विष्टको शव देखिए पनि सडकसम्म ल्याइपुर्याउन केही समय लाग्न सक्ने उनले बताए ।

श्रीमती हत्या आरोपमा सशस्त्र प्रहरी पक्राउ
भीमदत्तनगर, १२ असार (रासस) ः घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् ।

आज बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उहाँका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिनुभयो ।

“बिहान घरबाट धान रोप्नसँगै निस्केका रहेछन् ।” घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ऐरले भन्नुभयो, “खेतमै श्रीमतीको टाउकोमा हिर्काएको देखियो ।” केशव कार्की सशस्त्र प्रहरीका जागिरे रहेको उहाँले बताउनुभयो । हत्या अभियोगमा कार्कीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पु¥याइएको छ ।

प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार हत्या आरोपमा पक्राउ परेका कार्की सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय लमहीका सहायक हवल्दार हुन्





SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger