Latest Updates :

ब्रेकअपपछि पहिलो पटक यति धेरै खुसि देखिईन नेहा कक्कड (भिडियो सहित) !

SHARE THIS POST :
बलिउड र पन्जाबी सिंगर नेहा कक्कडले धेरै दिन देखि आफ्नो ब्रेकअपलाई लिएर चर्चामा छाएकी थिइन्। नेहाको एक पोस्ट सोशल मीडियामा निकै भाइरल पनि भएको थियो । जसमा उनले आफु डिप्रेशनमा रहेको खुलासा गरेकी थिइन्। त्यस्तै अहिले उनको अर्को एक भिडियो भाइरल भएको छ । भिडियोमा उनि ब्रेकअपपछि पहिलो पटक निकै खुसि देखिएकी छिन्।

नेहाले आफ्नो इन्स्टाग्राममा एक भिडियो शेयर गरेकी छिन्। जसमा उनि एक बच्चाको साथ आफुले गाएको सुपरहिट गित ‘आंख मारे’ मा डान्स गरिरहेको देख्न सकिन्छ । यस भिडियोमा उनि ति बच्चाको साथ जमेर मस्ती गरिरहेकी छिन् । यति मात्रै नभई उनि ति बच्चाको साथ बिल्कुल बच्चा जस्तै बनेकी छिन्। उनि गायिका मात्रै नभएर एक राम्रो डान्सर पनि हुन्।

नेहाको हालै उनका प्रेमी हिमांशसँग ब्रेकअप भएको थियो। र दुवैले एक-अर्कालाई इन्स्टाग्राममा अनफ्लो गरेका छन् । नेहाले ‘दिलबर दिलबर’, ‘लन्दन ठुमकदा, ‘काला चश्मा’, ‘छोटे छोटे पेग’, ‘मोरनी बनके’ जस्ता धेरै हिट गित दिएकी छिन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger