Latest Updates :

सडकमा हिडिरहेकी महिलालाई फेरी सडकले यसरी निल्यो ![भिडियो सहित]

SHARE THIS POST :
एजेन्सी- चीनको लानजाउ शहरमा एक महिलालाई सडकले निलेको छ। सडकमा हिड्दै गरेकी महिलालाई सडकले निलेको दृश्य अहिले चीनिया सामाजिक संजालमा भाइरलनै भएको छ।
अन्तराष्ट्रिय संचार माध्यमहरुको अनुसार उक्त घटना नोभेम्बर ११ को रहेको छ। घटनास्थलमा रहेको सीसीटीवीमा उक्त दृश्य कैद भएको थियो। सीसीटीवी फुटेज सामाजिक संजालमा देखा पर्ने बितिकै भाइरल भएको बुझिएको छ।
सडकमा हिड्दै गरेकी एक महिलालाई एक्कासी सडकमा भ्वाङ परेर त्यस भित्र चिरेको भिडियोमा देख्न सकिन्छ। चाइनीज मीडियाका अनुसार महिलाको स्थिति अहिले सामान्य रहेको छ।
सडकमा हिड्दै गरेका अन्य व्यक्तिले घाइते महिलाको तत्कालै उद्धार गरेका थिए। तत्कालै उद्धार गरी उनलाई अस्पताल पुर्याइएको थियो। उक्त भिडियो यूट्यूबमा अपलोड गरिएको छ।
स्थानीय प्रहरीको सहयोगमा उनको उद्धार भएको थियो। प्राप्त जानकारी अनुसार उनलाई खासै गम्भीर समस्या नभएता पनि उनको करंगमा समस्या देखिएको चीनीया मिडियाहरुले बताएका छन्
केहि समय अगाडी यस्तै एक घटना टर्कीमा पनि भएको थियो। यसै गरी सडकमा हिडिरहेका दुई महिलालाई सडकले निलेको भिडियो सामाजिक संजालमा भाइरलनै भएको थियो।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger