Latest Updates :

चर्चित लोक गायिका शान्ति श्री परियार दुर्घटनामा,

SHARE THIS POST :
लाेकप्रिय गायीका शान्तिश्री परियार दुर्घटनामा परेकी छन । सोमबार नेपालगन्जको महोत्सव कार्यक्रम सकेर लम्जुङ्गको कार्यक्रमको लागि फर्कदै गर्दा उनको दुर्घटना भएको हो । सोमबार राती करिब १:३० बजे कार अनियन्त्रितभइ कपिलवस्तुको गोरुसिङ्गेमा दुर्घटनामा परेकि थिइन ।

दुर्घटना पछि परियारलाई ग्रान्डी हस्पिटलमा उपचारका लागि लगिएको थियो । उपचारपछि अहिले उनको अवस्था खतरामुक्त रहेको पारिवारिक स्रोतले जनाएको छ ।

गायिका शान्तिश्री परियारलाई हस्पिटलबाट डिस्चार्ज गरि घर लगिएकाे छ, भने उनको हात र ढाडमा चोट लागेको छ ।

पौष २६ गते देखि चलेको ‘नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक कार्यक्रम २०७५’ माघ ८ गते सम्म चल्ने छ । महोत्सव नेपालगन्ज स्थित कारकाँदो चोकमा भैरहेको छ ।

गायिका शान्ति श्री परियारले उक्त महोत्सवमा सोमबार (हिजो) प्रस्तुति दिएकी थिइन ।

यो समाचार हामीले पोष्टपाटी डटकमबाट लिएका हौं
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger