Latest Updates :

बलेरो दुर्घटनाः २ गम्भीर घाइते

SHARE THIS POST :

पाल्पाः तानसेनको होलाङ्दीमा लु १ च ९८२२ बलेरो पिचअप जीप बुधबार बिहानै दुर्घटनामा परेको छ ।

होलाङ्दीदेखि तानसेन बिशालबजारतर्फ (गौरीशंकर होटल) निस्केको पिकअप बलेरो जीप ओभर लोडका कारण ब्याक भएर होलाङ्दीमा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् । उनीहरु दुबैलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा लगिएको छ ।

उकालो बाटोमा ओभरलोडका कारण ब्याक भएर दुर्घटनामा परेको जीपले पार्किङमा  राखिएको बा १५ च ३८१५ नम्बरको स्कारपियोमा क्षति पुगेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger