Latest Updates :

पछिल्लो अपडेट: नेपाली चेली शृंखला खतिवडा मिस वल्डको अन्तिम चरणमा प्रवेश

SHARE THIS POST :
काठमाडौं: चीनको सान्या सहरमा जारी मिस वर्ल्ड-२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल-२०१८ शृंखला खतिवडा अग्रपंक्तिमा देखएकी छन् ।

एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी हुन्। बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि छिन् ।

मिस वल्र्डका लागि खुला गरिएको भोटका आधारमा उनी बुधबार साँझसम्म २५.८२ प्रतिशत मत प्राप्त गरेर पहिलो नम्बरमा छिन्। उनले प्राप्त कुल मतमध्ये एक लाख ७५ हजार मत प्राप्त गरेकी छन्।

दोस्रो नम्बरमा मिस रसिया रहेकी छन् । मिस रसियालाई प्राप्त कुल मतमध्ये चार प्रतिशत अर्थात् २५ हजार मत प्राप्त भएको छ। मिस वल्र्डमा भाग लिन शृंखला नौ दिनअघि चीन गएकी हुन्। २२ वर्षे शृंखला पेसाले इन्जिनियर हुन्।

समीक्षकहरूले यसपटकको मिस वल्र्डको प्रतिस्पर्धामा शृंखला अगाडि रहेको उल्लेख गरेका छन्। उनी एसियाबाट सबैभन्दा प्रभावशाली साबित भइसकेकी छन्। डिसेम्बर ८ मा चीनको सान्या सहरमा मिस वल्र्ड-२०१८ को अन्तिम प्रतिस्पर्धा हुँदै छ। मिस वल्र्डको काउन्ट डाउन सुरु भइसकेको छ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger